ताजा समाचार:
Search

फोटोमा हेर्नुहोस निर्माण व्यवसायी संघ म्याग्दीको निर्वाचन चहलपहल

विकल्प न्यूज/बेनी
माघ १९ गते । निर्माण व्यवसायी संघ म्याग्दीको आगमी नेतृत्व चयनका लागि भोली आइतवार निर्बाचन हुने भएको छ । माघ ५ गते सुरु भएको संघको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचनको तालिका तय गरीएको थियो । 

नयाँ नेतृत्वका लागि अध्यक्षमा पदमा वर्तमान अध्यक्ष समेत रहुनभएका नारायण जिसी,गोपाल भट्टचन, रविन्द्र कार्की र प्रविण सापकोटाले आकांक्षी देखिएका छन् । सवै पक्षलाई मिलाएर लैजाने विषयमा शनिवार दिनभर भएको छलफलले कुनै निष्कर्ष ननिकालेपछि निर्वाचन हुने पक्का भएको अध्यक्ष नारायण जिसीले बताउनुभयो ।  निर्वाचनका लागि शनिवार साँझ साढे पाच बजे देखि ६ .३० बजे सम्म समय तालिका प्रकाशित गरेपनि पछि आएर भोली विहान सम्मका लागि स्थगित गरिएको प्रम्ुख निर्वाचन आयुक्त कानुन व्यवसायी ठहरबहादुर भण्डारीले बताउनुभयो । निर्वाचन हुने भएपछि आ–आफ्ना समुह बनाउन व्यवसायीहरु सक्रिय भएका छन् । निर्माण व्यवसायी संघमा ८९ जना व्यवसायीहरु संगठित छन् ।