ताजा समाचार:
Search

मोडलिङमा भविष्य खोज्दै अस्मी

विकल्प न्यूज/बेनी
माघ १० गते । युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेको छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिँदै गएको छ । त्यस्तै मोडल र नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन खोज्दै छिन अस्मी थापा । म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकम धारापानीमा जन्मीएकी १७ वर्षीय थापा भर्खर प्लस टु मा अध्ययनरत छिन् । नृत्यमा पोख्त थापा सुन्दर मुहार र आकर्षक शरिरको धनी छिन् । मलाई सानै देखि मोडलिङ क्षेत्रमा लाग्ने रुची थियो थापाले भनिन ‘मोडलिङ क्षेत्रमा लागेर भविष्य बनाउन चाहन्छु ।’ मोडलिङमा लाग्ने साने देखिको सोच थियो थापाले भनिन,‘बच्चा देखि नै स्कुलमा नृत्य गर्दथे, सरहरुले हिरोइन भनेर जिस्काउँने गर्दथे ।’ छोटा कपडा लगाउने र अङ्ग प्रदर्शन गर्नु मोडलिङ होइन थापाले भनिन्, “मोडलिङ भनेको समाजको ऐना पनि हो ।  प्रतिभाहरु प्रस्तुत गर्ने र व्यक्तित्व विकास गर्ने क्षेत्रका रुपमा मोडलिङलाई मैले बुझेकी छु ।” मोडलिङलाई बुझने जुन नकरात्मक सोच छ यसलाई युवा पुस्ताले परिवर्तन गर्नुपर्दछ उनले भनिन । मोडलिङलाई नयाँ पुस्ताले व्यक्तित्व र क्षमता विकासमा उपयोग गर्नुपर्ने उनको बुझाई छ । हालै मात्र किङ्स्टार क्रियशन प्रा.लिले बेनीमा गरेको प्रथम मिस एण्ड मिस्टर प्रतियोगितामा भाग लिएपछि उनको आत्मविश्वास बढेको छ । प्रतियोगितामा सफल नभएपनि भविष्यमा मोडलिङ क्षेत्रमा सफलता पाउने उनको विश्वास छ । कलाकारिता क्षेत्रमा लागेर समाज सेवा गर्ने उद्देश्य उनको छ । मेहनत गर्ने हो भने कलाकारिता क्षेत्रमा सफल हुन सकिन्छ भन्ने आत्मविश्वास लिएकी थापाले मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । केही म्यूजिक भिडियोमा अभिनयका लागि अफर आएपनि प्लस टु सक्काएर मात्र जाने सोच रहेको उनले बताइन । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने थापालाई घरपरिवारको पनि साथ छ । बिद्यालय स्तरमा हुने बिभिन्न कार्यक्रममा नबिराई आफ्नो कला प्रस्तुत गरेर स्कुलका सबैको मन जितेकी उनले मोडलिङको माध्यमबाट देश, विदेशमा रहेका सबै नेपालीको मन जित्ने सपना बोकेको बताउँछिन् ।