ताजा समाचार:
Search

पुख्र्यौली नृत्यमा चम्कीँदै बाल कलाकार पाइजा (फोटो सहित )

विकल्प न्यूज/बेनी
माघ १ गते । 

मगर संघ म्याग्दीले माघे संक्रान्ति पर्वका अवसरमा बेनीमा निकालेको सांस्कृतिक झाँकी सहितको सोरठी र पुख्र्यौली नृत्यमा बालकलाकारका रुपमा थिए प्रदिप पाइजा । रघुगंगा गाउँपालिका ४ दमिजाका ९ वर्षीय बालकलाकार पाइजाले बेनीको सडकमा पुख्र्यौली नृत्यमा मादलेका रुपमा भुमिका निभाए । 

बेनीको लिटल एकेडेमीको कक्षा दुईमा अध्ययन गर्ने पाइजाले ठूलाबुवाको सहयोगले सानै देखि पुख्र्यौली नृत्य सिकेको बताए । सानै देखि सिक्दै आएको छु, पाइजो भने आफ्नो कलासंस्कृति सिक्न पाउँदा खुसि लागेको छ । मगर संघ म्याग्दीले बेनीमा राखेको शुभकामना आदानप्रदान कार्यक्रममा बेनी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बालकलारको राम्रो नृत्य देखेर एकहजार रुपियाँ पुरस्कार समेत दिनुभयो ।  यस्तै कार्यक्रमका अन्य शहभागीहरुले पनि कलाकार पाइजालाई पुरस्कार दिएका थिए ।