ताजा समाचार:
Search

मिस एण्ड मोडल म्याग्दीको ताज छन्त्याललाई

विकल्प न्यूज/बेनी
पुस २१ गते । मिस एण्ड मिस्टर मोडल म्याग्दी २०१८ को उपाधि हेना खड्का छन्त्यालले जितेकी छिन् । १५ प्रतिस्पर्धीलाई पछि पार्दै मिस म्याग्दी मोडलको उपाधि बेनी नगरपालिका ८ क्याम्पसचोककी १४ वर्षीय छन्त्यालले जितेकी हुन ।  शनिवार बेनी स्थित कर्भड हलमा भएको ग्राण्ड फिनालेमा विभिन्न चरणहरु पार गर्दै छन्त्यालले मिस म्याग्दीको ताज पहिरिन सफल भएकी हुन । बेनीको माउन्ट एभरेष्ट माविको कक्षा ८ मा अध्ययनरत छन्त्यालाई मिस धौलागिरि शिल्पा कार्कीले मिस म्याग्दीको ताज पहिराइदिएकी हुन ।

मिस म्याग्दीको ताज सँगै छन्त्यालले पचास हजार रुपियाँ नगद पुरस्कार समेत प्राप्त गरेकी छिन् ।
यसै गरी फस्ट रनरअफ सोनीया पुन,सकेन्ड रनरअफ सुस्मीता बानियाँ, थर्ड रनरअफ एस्पिला बानियाँ र फोर्थ रनरअफ सपना रोकाका घोषित भएकी छिन् । किङ्स्टार क्रियसन प्रा.लिले म्याग्दीमा पहिलोपटक प्रतियोगिताको आयोजना गरेको थियो ।