ताजा समाचार:
Search

मृर्गौला पीडित किसानलाई प्रवासीको २ लाख १९ हजार सहयोग

साधन रामजाली /विकल्प न्यूज
पुस १० गते । म्याग्दीको मालिका गाउँपालिका–४ फुलबारीका मृर्गौला रोगी नरबहादुर किसानलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
दुवै मृगौला काम गर्न नसकेपछि ओछ्यानमा थला परेका किसानलाई प्रवासीहरुको सहयोगमा संकलित आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

छहारी युवा क्लबको नेतृत्वमा बिभिन्न देशमा कार्यरत म्याग्देलीहरुबाट प्राप्त नगद २ लाख १९ हजार ३ सय २० आर्थिक सहयोग मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर, उपाध्यक्ष खरमाया बिटालु र क्लब अध्यक्ष तुलनारायण बुढा मगरले संयुक्त रुपमा पीडित किसानलाई हस्तान्तरण गर्नुभएको क्लब सचिव कमल कुमार सापकोटाले जानकारी दिनुभयो ।

क्लबको ३२ औँ वार्षिकोत्सवको अवसरमा क्लबको आयोजनमा किसान बचाउ अभियान संचालन गरि सो रकम संकलन गरिएको क्लब अध्यक्ष बुढा मगरले बताउनुभयो ।

अध्यक्ष बुढा मगरका अनुसार किसान बचाउ अभियानलाई क्लबका सल्लाहकार चन्द्र बहादुर बोहोरा नेतृत्वमा नगद रु १ लाख २६ हजार २ सय २० ,सुर्य बहादुर किसानको नेतृवमा मलेसियाबाट ४० हजार,हेमलाल किसान र एन आर एन चर्च युुकेबाट ५० हजार र मालिका गाउँपालिका वडा नं १ निस्कोटका नरेश पुन मगरले दुइहजार र चोप बहादु एक सय १० रुपियाँ सहयोग गर्नुभएको क्लबले जनाएको छ ।

सहयोग रकम हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष रोका मगरले अभियान्ता आयोजक क्लब एवम् सहयोग दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । पीडामा परेका नागरिकहरुलाई सहयोग गर्नु नै मानविय दायित्व एवम् धर्म भएको बताउँदै मृगौला रोगिको उपचारमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।