ताजा समाचार:
Search

उदायमान युवा कलाकारहरुले ल्याए गीति एल्बम “बैंस” (भिडियो सहित)

विकल्प न्यूज/बेनी
मंसिर २२ गते ।

बेनीका युवा कलाकारहरुले फेरी नयाँ गीति एल्बम “बैंस”सार्वजनिक गरेका छन् । गीतमा अमित विश्वकर्मा र निर्मला गर्बुजाको स्वर रहेको छ । लय अमित विश्वकर्माको छ । भने शब्द नकुल ढकालको छ । यसलाई एरेन्ज बीबी अनुरागीले गर्नुभयको हो । एकिन्द्र सारा शंकरको निर्देशन, करण चैसिरको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । गीतमा सज्जन बोहरा, बिकाश, भावना र दिलिषाको अभिनय रहेको छ ।

जवानीमा जोस थियो, रहर थियो , उमंग थियो तर के गर्नु पैसा थियन, पैसा नभयपछि जोस जागर उमंगको के काम तेत्तिकै सेलायो ,अहिले पैसा छ रहर छ तर जोस, जाँगर र उमंग छैन छाला चाउरी परे, कपाल फुलेरै सेतै भय यस्तै भावलाई निकै मिठो पारेर मौलिक लोकगीतमा ढालियको छ । यो गीतलाई बजार ब्यबस्थापन हिम सम्झौता डिजिटलले गरेको छ ।