ताजा समाचार:
Search

देवीस्थानलाई चिनाउन म्युजिक भिडियो(भिडियोसहित)

विकल्प न्यूज/बेनी
मंसिर २१ ग्ते । जिल्लाको पश्चिम मालिका गाउँपालिका ५ देविस्थान गाउँलाई चिनाउन म्युजिक भिडियो तयार पारिएको छ । स्थानीय सूर्यमुखी युवा क्लब घरथोकले म्युजिक भिडियोको निर्माण गरेको हो । देविस्थानको प्राकृतिक, धार्मिक स्थल, कला, संस्कृति र विकास गतिबिधिलाई प्रचारप्रसार गर्नका लागि म्यजिक भिडियो तयार पारिएको क्लबले जनाएको छ ।

भिडियोमा तारा श्रीस मगरको स्वर, बालकुमार फगामीको शब्द, नविन रानाको संगित र गोविन्द पुनमगरले निर्देशन गर्नुभएको म्युजिक भिडीयोको दानबहादुर श्रीसमगरले छायांकन सम्पादन तथा केशू पुन (केशरी)ले नृत्य निर्देशन गर्नुभएको हो । भिडियोमा देविस्थानमा रहेका देविनाथ, भुमेथान, मालिका, देवताभिर, गाईखर्क र खोरीया ताल, सोरठी, मारुनी नाच, रुन्मा, जुग्जा, दांगा, पन्थोक, घरथोक गाउँ देखि ताम्लाको सुन्तलालाई समेटिएको छ । म्युजिक भिडियोको माध्यमबाट गाउँको प्रचारप्रसार गरि पर्यटक विकास तथा कला संस्कृतिको संरक्षणमा सहयोग पुग्ने वडा अध्यक्ष पीपला बुढाले बताउनुभयो ।