म्याग्दी उद्वार समिति बहराइनद्वारा शान्ति कोषलाई १७ लाख सहयोग

विकल्प न्यूज/बेनी
मंसिर १८ गते । प्रवासी म्याग्देलीहरुको संस्था म्याग्दी उद्वार समिति बहराइनले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई १७ लाख रुपियाँ सहयोग गरेको छ ।

विपन्न र आर्थिक अवस्था कमजोर जिल्लावासीको श्वास्थ्य उपचारमा सहयोग गर्न कोषले स्थापना गरेको अक्षयकोषलाई उद्धार समिति बहराईनले १७ लाख १ हजार २ सय ९५ रुपैयाँ सहयोग गरेको हो ।

ओमकुमारी शान्ति कोषको बेनी स्थित सचिवालयमा पत्रकार सम्मेलनगरी म्याग्दी बहराईन उद्धार समितिका अध्यक्ष लोक राम्जाली, वरिष्ठ सल्लाहकार छविलाल विश्वकर्मा, अक्षय कोष सहयोग समितिका संयोजक दिनेश विस्नेतले कोषका अध्यक्ष राजेश शाक्यलाई १७ लाखबढीको चेक हस्तान्तरण गर्नुभएको हो ।

‘सहयोगको आस गरी आएका विरामीले रिक्तो हात फर्कनु नपरोस, ओमकुमारी शान्ति कोषले विभेद ग¥यो भन्ने गुनासो नआवस’ सहयोग हस्तान्त्रणपछि उद्धार समिति बहराईनका सल्लाहकार छविलाल विश्वकर्माले भन्नुभयो ‘परोपकारी कर्ममा ओमकुमारी शान्ति कोषको छविमा दाग नलागोस । प्रदेशबाट हाम्रो साथ सर्मथन रहने छ ।’

म्याग्दी बहराईन उद्धार समिति सन् १९९४ सालमा बहराईनमा मजदुरी गर्न पुगेका जिल्लाबासीले गठन गरेको संस्था हो । समितिले बहराईनमा ‘मनकारी म्याग्दी’ अभियान संञ्चालन गरी जिल्लाको शिक्षा, श्वास्थ्य, खेलकुद, सडक, पानी समेत सामाजिक क्षेत्रमा हालसम्म ७० लाखबढी सहयोग गरेको छ । जिल्लाको विकासमा एउटा खाडी देशमा कार्यरत मजदुरले ७० लाखबढी खर्च गर्नु ठूलो उपलब्धी हो । ‘हामी खाडीको मरुभुमिमा पुगेका मदजुरको पसिनाको थोपा थोपा संकलन गरी जिल्लाको विकासमा खर्च गरेका हौं । तातो मरुभुमिका बगाएको पसिनाको थोपा मातृभुमिको सही ठाउँमा उपयोग भएको देख्न चाहन्छौं’ सहयोग हस्तान्त्रण गर्दै उद्धार समिति बहराईनका अध्यक्ष लोक राम्जालीले भन्नुभयो, ‘हाम्रो सहयोग उद्देश्य अनुसार आर्थिक अभावकै कारण अस्पताल पुग्न नसक्ने गरिव, विपन्न विरामीको जीवन रक्षामा खर्च होस ।’

‘दिन जान्यो, बाँच्न जान्यो’ भन्ने मुल भवनासहित गठन भएको ओमकुमारी शान्ति कोष आर्थिक अभवाकै कारण अस्पताल पुग्न र ज्यान गुमाउन बाध्य विपन्न जिल्लाबासीको उपचारमा सहयोग जुटाउँदै आएको छ । साविक सिङ्गा–१ थामडाँडाकी हाडभित्र मासी उत्पादन नहुने (हाईपोलास्टीक एनीमिया) रोगबाट ग्रसित ओमकुमारी पुन शान्तिको उपचार गर्न संसारभरी संञ्चालन गरिएको ओमकुमारी बचाउ अभियानबाट बचेको १३ लाख रुपैयाँलाई उनै स्व।ओमकुमारी शान्ति कोष बनाईएको हो ।

‘हामीले शान्ति वैनीलाई बचाउन नसकेपनि उनको नाममा संकलित रकम आर्थिक अभावले उपचारन नपाएका विरामीको उपचारमा खर्च गर्ने निर्णय ग¥यौं । र हालसम्म एक सय ५ जना विरामीको उपचारमा १ करोड ८३ लाख २४ हजारबढी सहयोग जुटाएका छौं । केही जटिल रोगबाट ग्रसित विरामीको उपचार सफल भएको छ’ ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले भन्नुभयो, ‘हामीलाई विश्वासगरी गरेको सहयोगको एक रौंपनि दुरुपयोग गर्ने छैनांै ।

अभियानमा हुने सवै खर्च हामीले ब्यक्तिगत गरेका छौं । सदयागदाताको एक पैसा अन्यत्र खर्च गर्ने छौनौं । विश्वासमा कुनै घात हुन दिन्नौं, दिन्नौं ।’