मोना स्पेनद्धारा तथ्याङक संकलन सुरु

विकल्प न्यूज/बेनी
मंसिर ११ गते । स्पेनमा रहेको म्याग्देलीहरुको साझा सस्था मोना स्पेनले स्पेनमा रोजगारी,अध्ययन र व्यवसायको शिलशिलामा मा बसोबास गरिरहेका म्याग्देलीहरुको तथ्याङक संकलन सुरु गरेको छ ।
बार्सिलोना,म्याडृड ,अलिकन्ते,ग्रीन क्यानरिआ,बेनिड्रुम्,सेविया लगायतका शहर मा बसोबास गर्ने म्याग्देलीहरुको नामावली गर्ने कार्य भइरहेको कार्यक्रम संयोजक खगेन्द्र बुढाथोकी ले बताउनु भयो ।

सयौको संख्यामा स्पेनमा म्याग्देलीहरु रहेकाले सम्पूर्णको नामावली संकलन गरिने उहाँले जानकारी दिनुभयो । संकलित नामावली मोना स्पेनमा रेकर्ड राख्नुका साथै मोना आइसीमा समेत पठाइने मोना स्पेनका अध्यक्ष तप्पन रोकाले बताउनुभयो । उक्त तथ्याङ संकलनबाट स्पेनमा कती म्यग्देलीहरु छन भन्ने जानकारी हुनुका साथै एक आपसमा सहयोगको आदान प्रदान गर्न सजिलो हुने बिस्वास मोना स्पेनले लिएको छ ।