लोप्रे गाउँको म्युजिक भिडियो

 विकल्प न्यूज/बेनी
कार्तिक ७ गते ।Lopre Village 2पर्वतको जलजला गाउँपालिका ५ स्थित लोप्रे गाउँको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको भ्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ ।

लोप्रे गाउँको प्राकृतिक सौन्दर्य, संस्कार, संस्कृति, धर्म तथा परम्परालाई समावेश गरेर छोरी छोरीको मनोभावनामा आधारीत रहेर न्यू सृष्टि युवा क्लवले निर्माण गरेको म्युजिक भिडियोलाई हाईलाईट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 भिडियोको बिजयादशमीका दिन जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले बिमोचन गर्नुभएको थियो । देवेन्द्र पुनको रचना, एल.बि पुनको संगित संयोजन रहेको गीत तारा श्रीसले गाउनुभएको क्लवका पुर्ख पुर्जा पुनले जानकारी दिनुभयो ।

आरुषी मगरको अभिनय रहेको गितको म्युजिक भिडियोमा आषिस पुनले नृत्य निर्देशन र पुष्कर थापाको कोरीयाग्राफी छ । रचनाकार देवेन्द्र पुनलेनै भिडीयो निर्देशन, छायांकन र सम्पादन गर्नुभएको हो । स्वदेश तथा विदेशमा रहेका दाताहरुबाट सहयोग जुटाएर लोप्रे गाउँको चिनारी शिर्षकको गित र म्युजीक भिडियो तयार पारिएको पुर्जाले बताउनुभयो ।