ताजा समाचार:
Search

लोप्रेलाई चिनाउन म्यूजिक भिडियो

विकल्प न्यूज/बेनी
असोज १० गते ।

????????????????????????????????????

‘म त यही ठाउँमा जन्मीएकी छोरी म त यही गाउँमा हुर्किएकी चेली’ भन्ने बोलको गीत मार्फत पर्यटकीय संभावना भएको उत्तरी पर्वतको जलजला गाउँपालिकाको ५ नम्बर वडामा पर्ने लोप्रे गाउँलाई चिनाउन म्यूजिक भिडियो बनाउन थालिएको छ । स्थानीय न्यू सृष्टी युवाक्लबले म्यूजिक भिडियो बनाउन लागेको हो ।

देवेन्द्र पुनले शब्द रचना गर्नुभएको गीतमा गायीका तारा श्रीस मगरले स्वर दिनुभएको छ भने कलाकार आरुसी मगरले अभिनय गर्नुभएको छ ।

????????????????????????????????????

म्यूजिक भिडियोमा मगर समुदायको मौलिक कलासंस्कृतिलाई समेटीएको छ । म्यूजिक भिडियो मार्फत जलजलाको सुन्दर पर्यटकीय स्थल लोप्रेलाई देश विदेशमा प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको म्यूजिक भिडियोका व्यवस्थापक पुर्खबहादुर पुर्जाले बताउनुभयो ।

करिव २३ सय मिटरको उचाईमा अवस्थित लोप्रे बाट धौलागिरी देखि माछापुच्छ«े सम्मका हिमशृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ ।FB_IMG_1537614110205तिहार सम्म म्यूजिक भिडियोलाई बजारमा ल्याउने गरी तयारीमा जुटेको व्यवस्थापक पुर्जाले बताउनुभयो । म्यूजिक भिडियो तयार पार्नका लागि विभिन्न संघसस्थाहरुबाट तिन लाख ५९ हजार ९ सय १९ रुपियाँ संकलन भएको उहाँले जानकारी दिनुभयो ।