म्याग्दीकी गायिका इन्दु सर्वोत्कृष्ट नवगायिका अवार्ड द्वारा सम्मानित

विकल्प न्यूज/बेनी
भदौ १८ गते । Indu-6 म्याग्दीकी गायिका इन्दु बानियाँ शाही सर्बोत्कृष्ट नबगायिका अवार्डद्धारा सम्मानित हुनुभएको छ । क्यापिटल इभेण्टद्धारा आयोजित विशेष समारोहकाबीच गायिका इन्दुलाई यो अवार्ड प्रदान गरिएको छ ।

विएफ डियर हिल नेशनल क्यापिटल अवार्ड २०१८ अन्र्तगत मनोनित भएको गाई चराउने पाखैमा पहिलो प्रेम बोलको गीतबाट सुगम सङ्गीत तर्फ सर्बोत्कृष्ट नबगायिको अवार्ड इन्दुलाई दिइएको हो ।

यस गीतमा गीतकार कृष्ण पौडेलले शब्द रचना गर्नुभएको छ भने स्वर इन्दुको रहेको छ । संगीत दिपक शर्मा, एरेन्ज उदयराज पौडेल र भिडियो डाईरेक्सन सान्त कुमार थापा मगरले गर्नुभएको छ ।