ताजा समाचार:
Search

पर्यटन प्रवर्द्धनका लागि रुईसेमा तिज विशेष कार्यक्रम

धिरन खत्री/विकल्प न्यूज
म्याग्दी, १७ भदौँ । 1रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुईसे–भेडिओढारमा पर्यटन प्रवद्र्धनका लागि तिज विशेष एवम् दर खाने कार्यक्रम शनिबार सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजना, वडा २ को ब्यवस्थापन र आमासमुहको सहयोगमा रुईसेमा तिज विशेष प्रतियोगिता आयोजना गरिएको हो ।

गाउँपालिकाभित्र रहेको मौलिक भेषभुषामा सजिएर १४ टिम आमासमुह सहभागिता रहेको तिज विशेष प्रतियोगितामा भगवती आमा समुह मैदान प्रथम, मेहनती आमासमुह देउपुर्ण दिप्तृय, नमुना आमासमुह पखटोल तृतिय र प्रगतिशिल आमासमुह सान्त्वना भएका थिए । प्रथम, दितृय, तृतिय र सान्तवनालाई क्रमश आठ हजार ५००, ५ हजार ५००, ३ हजार ५०० र २ हजार ५०० रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । 8 (6)साथै प्रतियोगितामा नमुना आमासुमहकी जयन्ती केसी उतकृष्ट नृत्य प्रस्तुत गर्दै २ हजार सहित प्रमाणपत्र प्राप्त गरेकी थिईन । प्रतियोगितामा सहभागि आमासमुहरुले रुईसे भेडिओढारको इतिहास, सम्भावना, भ्युटावरको महत्व, पुर्वाधार निर्माण सम्वन्धि समेट्दै गितहरु गाएका थिए ।

गाउँपालिका महिला संघकी अध्यक्ष राजकुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले पर्यटकियस्थलमा आयोजित तिज प्रतियोगिताले बाइसे चौविसे राज्यको पालामा तत्कालिन राजाको ईतिहास र प्राचिन सम्पदा र रुईसेबाट देखिने माछापुच्छ«ेदेखि अन्नपूर्ण, निलगिरी, धौलागिरी, पश्चिममा गुर्जा, चुरेन हिमालको मनमोहक दृष्यको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । रुईसेको विकास लागि प्रचारप्रसारसंगै भौतिक पुर्वाधारको ब्यवस्थापनमा गाउँपालिका योजनाबद्ध अघि बढेको बताए । 8 (8)त्यस्तै सो कार्यक्रममा वडा १ का अध्यक्ष विलबहादुर फगामी, वडा २ का अध्यक्ष रिमबहादुर कटुवाल, ५ का अध्यक्ष मनबहादुर शेरपुञ्जा र वडा ३ की कार्यवाहक अध्यक्ष सम्झना परिवारले पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढेको रुईसे– भेडिओढारमा पर्यटन प्रवद्र्धनका लागि पुर्वाधार निर्माणमा प्रतिवद्धता जनाएका थिए । १ हजार भन्दा बढी दर्शकहरु सहभागि भएको दर खाने एवम् तिज प्रतियोगितामा वडा सदस्य, समाजसेवी, आमासमुहरुको उपस्थित भएको थियो । सो कार्यक्रममा हास्यकलाकार एवम गायक रवि कार्कीको प्रस्तुती भएको थियो । कार्यक्रमको संचालन गिता खत्रीले गरेकी थिईन । 8 (11)तिज प्रतियोगितामा उजाला कन्स्ट्रक्सन प्रथम परुष्कार, रारा अटोमोवाईल्स दिप्तृय, रारा हार्डवयर तृतिय र कैलाश निर्माण सप्लार्यस सान्त्वना, मेगावान कन्ट्रक्सनल उतकृष्ट नृत्यको पुरस्कारमा आर्थिक सहयोग गरेका थिए । भने मायाको चिनोमा गणेश भण्डारी प्रकाश बरुवाल र विमल केसीले सहयोग गरेका थिए । विभिन्न आमासमुहको सहयोगमा दर खाने कार्यक्रम सम्पन्न भएको थियो ।