पूजाको घरमै पुगेर जन्म दर्ता

विकल्प न्यूज/बेनी
भदौ १४ गते ।  40330466_2135681536691140_5032116883814350848_n  बेनी नगरपालिका ६ फोकटेकी पूजा खत्रीको घरमै पुगेर वडा कार्यालयले जन्म दर्ता गरिदिएको छ । वडा अध्यक्ष कृष्ण वहादुर बानियाँ र सचिव चित्रनाथ शर्मा खत्रीको घरमा पुगेर जन्मदार्ता गरिदिएका हुन ।

पारिवारिक अनमेलका कारण बावा आमाले घर छाडेर हिडेपछि खाने खर्च र लेख्ने कापी कलम नभएपछि कक्षा ६ मा अध्ययनरत १२ वर्षीय पूजा खत्रीले विद्यालयबाट रेष्टीकेट गरिदिनु भनि जामुनाखर्क माध्यमिक विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानालाई मार्मिक चिठी लखेकी थिइन । उनको चिठीले राष्ट्रिय तथा अन्तर्रािष्ट्रय रुपमा निकै चर्चा पाएको थियो ।40424423_555428318239889_8397472799614042112_nबावु आमाले छाडेका कारण अपाङ्ग हजुरवुवा सँग वसेका पूजा र उनका दुई वहिनी एक भाईको जन्म दर्ता हुनसकेको थिएन । भदौ ६ गते वडा कार्यालयमा आवश्यक कागजात आएको र विहिवार घरमै पुगेर हजुरबुवाको रोवरमा उनीहरुलाई जन्मदर्ताको प्रमाणपत्र दिएको वडा अध्यक्ष कृष्ण वहादुर बानियाँले बताउनुभयो ।