रघुगंगा नदीमा मोटरेबल पुल निर्माण सुरु

विकल्प न्यूज/बेनी
भदौ १४ गते । raguganga brigeबेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको गलेश्वरमा पक्की पुल निर्माण सुरु गरिएको छ । रघुगंगा पाउँपालिका ३ र बेनी नगरपालिका ९ गलेश्वर स्थित रघुगंगा नदीमा बेनी जोमसोम कोरला सडक आयोजनाले पक्की पुल निर्माण गरिन लागेको हो ।

पुल निर्माणको ठेक्का लिएको कालीका गजुरमुखी जेभीले कार्यक्षेत्रमा प्रारम्भिक चरणको काम सुरु गरेको आयोजनाका ईञ्जिनियर जगत प्रजापतीले बताउनुभयो । छ करोड २४ लाख तिन हजार ८२५ रुपियाँमा ठेक्का सम्झौता भएको हो ।

४० मिटर लामो र ११ मिटर चौडाई भएको पुल ओपन फाउण्डेशन प्रिस्टेस्ड प्रबिधिको भएको ईञ्जिनियर प्रजापतीले बताउनुभयो । वि.स २०७६ चैत २६ मा पुल सम्पन्न गर्ने लक्ष्य छ । पुलको राहुघाटतर्फ रहने पिल्लर निर्माणका लागि किनारमा पक्की पर्खाल लगाएर फाउण्डेशन खन्ने काम सुरु गरीएको छ ।

निर्धारीत समयमै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम अघि बढाएको निर्माण कम्पनीका प्रतिनिधि सचिन क्षेत्रीले बताउनुभयो । चीनको सिमाना कोरला जोड्ने बेनी जोमसोम कोरला सडक स्तरोन्नतीको काम भैरहेको छ । ७६ किलोमिटर दुरीको बेनी जोमसोम कालोपत्रे र ११० किलोमिटर जोमसोम कोरला सडक स्तरोन्नती हुन लागेको हो ।

यसैबीच महभिर र पोखरबगर स्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि १९ करोड रुपियाँ ठेक्का सम्भौता गरेको हिम सगरमाथा–डाँफे–बज्रगुरी जेभीले बर्खाको प्रतिकुल मौसम र बावजुद पनि कामलाई तिब्र रुपमा अघि बढाएको छ ।

दुई वटै पुल निर्माणका लागि ठेकेदार आफैले डिजाईन र निर्माण गर्ने सम्झौता भएको छ । ११ मिटर फराकीलो पुल दुई लेनको हुने सब ईञ्जिनियर रेग्मीले बताउनुभयो । ८० मिटर लामो महभिर पुलको बिच भागमा रहने पिल्लर निर्माणको काम आधा भन्दा बढी सकिएको छ । तिप्ल्याङ तर्फको पिल्लर निर्माणको काम भैरहेको छ ।