ताजा समाचार:
Search

दिवंगत आमाको स्मृतिमा बेनी अस्पताललाई ३० लाख बराबरको डायलाइसीस मेसिन सहयोग

विकल्प न्यूज/बेनी
भदौ १४ गते ।

????????????????????????????????????

म्याग्दीका एक परिवारले दिवंगत आमाको स्मृतीमा बेनी अस्पताललाई रु ३० लाख बराबरको उपकरण मेसीन सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–२ तल्लाघरका मुकुन्द र माधव सुवेदीले दिवंगत आमा धनीदेवी सुवेदीको स्मृतिमा मिर्गौला पीडित रोगीहरुको उपचारमा प्रयोग गरिने डायलाइसीस मेसीन सहयोग गर्नुभएको हो ।

बुधवार अस्पतालमा आयोजित एक कार्यक्रममा सहयोगदाता सुवेदी परिवारको तर्फबाट माधव र उहाँकी धर्मपत्नी सपना सुवेदीले अस्पतालका निमिक्त प्रमुख डाक्टर अनिल पाण्डे र अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष माधव प्रसाद रेग्मीलाई २ थान डायलाइसीस मेसीन हस्तान्तरण गर्नुभएको थियो ।

अष्टे«लियामा बसोबास गर्दै आउनुभएका सहयोगदाता माधव सुवेदीले आफ्नो आमा मिर्गौलाबाट पिडित भई लामो समयसम्म शहरी क्षेत्रको अस्पतालमा बसेर उपचार गराउनुपरेको कारण दुर्गम र पिछडिएको क्षेत्रका गरिब र विपन्न बर्गका मिर्गौला पिडित विरामीहरुको सहज उपचारको लागि उपकरण सहयोग गरिएको बताउनुभयो ।

‘‘ मिगौला रोगको उपचार जटील र महंगो छ, आर्थिक विपन्नताको कारण शहरी क्षेत्रमा पुगेर उपचार गराउन नसक्नेहरु पनि उपचारबाट बञ्चित हुन नपरोस भन्ने हाम्रो चाहना छ, यो मेसिनको पूर्ण सदुपयोग होस भन्ने हामीले चाहेका छौँ,’’–सहयोगदाता सुवेदीले भन्नुभयो ।

सुवेदी परिवारबाट प्राप्त भएको मेसीन उपकरणले बेनी अस्पतालमा मिर्गौला पिडितहरुको उपचार सुरु गर्न आधार बनेको अस्पतालका निमिक्त प्रमुख डाक्टर पाण्डेले बताउनुभयो । उहाँले जनशक्तिको ब्यवस्थापनको लागि स्वास्थ्यकर्मीहरुलाई तालीम समेत दिइएकाले छिट्टै डायलाइसीस सेवा सुरु हुने जानकारी दिनुभयो ।

अहिले यस क्षेत्रका मिर्गौला पिडितहरु पोखरा, काठमाण्र्डौ लगायतका ठाउँमा पुगेर डायलाइसीस सेवा लिएर उपचार गराउनुपर्ने बाध्यता रहेको छ । बेनी अस्पतालमै मिगौला रोगीहरुको उपचारको लागि डायलाइसीस सेवा सुचारु गराउन सुवेदी परिवारबाट मेसीन सहयोग आउने प्रतिबद्धता लगत्तै अस्पतालले समेत रु १३ लाख रुपैयामा डायलाईसीसमाप्रयोग हुने आरओ उपकरणहरु खरिद गरिसकेको अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

उहाँले बेनी अस्पतालमा नियमित रुपमा सो सेवा प्रवाह गर्न र औजार तथा उपकरणको दिगोपनाको लागि अक्षयकोष निर्माण गर्न आबश्यक रहेकोमा जोड दिनुभयो । सो अवसरमा सहयोगदाता सुवेदीका परिवारलाई अस्पतालको सेवा विस्तारमा लाखौँ मुल्यको उपकरण उपलब्ध गराएर ठुलो सहयोग पु¥याएको भन्दै सुवेदी परिवारलाई सम्मान गरिएको थियो । अस्पतालका नायव सुब्बा लिलानाथ पौडेलको सञ्चालन र अर्का नासु त्रिबिक्रम आचार्यको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।