फर्किदै छ पुजाको घरमा खुसी

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
भदौ १२ गते । puja khatri famly photo beniगरिबीका कारण नियमित विद्यालय आउन नसक्ने भन्दै विद्यालयबाट निष्कासन गरिदिनू भन्ने चिठी लेखेकी पुजाको घरमा यतिखेर भने खुसी भित्रीएको छ । अपाङ्ग हजुर बुवा र भाई बहिनीको हेरचाह गर्नुका साथै दुइछाक खान पनि ज्यला मजदुरी गर्नुपर्ने बाध्यताका कारण विद्यालय आउन नसक्ने मार्मिक चिठी लेखेकी बेनी नगरपालिका ६ की १२ वर्षीय पुजा खत्रीको घरमा यतिखेर खुसी छाएको छ ।

पारिवारिक अनमेलका कारण बावु र आमाले घर छाडेर हिडेपछि पुजाकी माइली बहिनी पुष्पा गत वैशाखमा काठमाण्डौं स्थित एक घरमा काम गर्ने गरि पुगेकी थिइन । पुजाको चिठी बाहिर आएपछि श्रम मान्त्रालयले पुष्पालाई उद्दार गरि आइतवार म्याग्दी पठाइदिएको छ । १७ महिनापछि एक भाई र तिनबहिनीका विच मिलन भएपछि उनीहरुमा खुसिको सिमा रहेन । एकआपसमा अंगाले हालेर खुसी साटासाट गरेका थिए ।  DSC_0275घरको आर्थिक अवस्था र बुबा आमाको मिलन नहुँदा विछोडिएकी बहिनीलाई आज घर मै भेट्न पाउँदा खुसीको सिमा छैन् पुजाले भन्नुभयो ‘मैले नसोचेको खुसी हाम्रो परिवारमा आएको छ ।’ DSC_0259पुजाको चिठी सहितको समाचार वाहिर आएपछि धेरै व्यक्तिहरुले सहयोगको आश्वासन दिएको जामुनाखर्क माध्यमिक विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले बताउनुभयो । सोमवार सम्म पुजाको सहयोगका लागि खोलीएको खातामा एकलाख ७५ हजार रुपियाँ जम्मा भइसकेको उहाँले बताउनुभयो । DSC_0215पूर्व प्रधानन्यायधिश शुसिला कार्कीले आफ्नो पेन्सनबाट पुजालाई कक्षा १० सम्म पढाउनका लागि मासिक पाँचहजारका दरले सहयोग गर्ने जानकारी फोन मार्फत दिनुभएको प्रअ ढुंगानाले बताउनुभयो । यस्तै गरि पूर्व प्रधानमन्त्री एवम् नेकपाका नेता माधवकुमार नेपालको सचिवालयबाट समेत पुजाको परिवारको वारेमा जानकारी लिनुभएको छ ढुंगानाले भन्नुभयो ।

यसैगरि पुजाको समाचार वाहिर आएपछि सोमवार प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा वसेको जिल्ला बालकल्याण समितिको वैठकले जिल्लाभर गरिबी र विपन्नताका कारण शिक्षा दिक्षाबाट बञ्चित भएका बालबालिकाको तथ्याङ्क एकिन गरि त्यस्ता बालबालिकाको सहयोगका लागि स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले जानकारी दिनुभयो ।