एसियाली खेलकुदमा म्याग्दीकी ताराको तिन नयाँ कीर्तिमान

विकल्प न्यूज/बेनी
भदौ ११ गते । taradevi 0इन्डोनेशियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदप्रतियोगितामा म्याग्दीकी तारा पुनले नयाँ कीर्तिमान कायम गरेकी छिन् । महिला भारोत्तोलक पुनले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन ।

आइतवार जकार्ता इन्टरनेसनल एक्स्पो हलमा सागकी कांस्यपदक विजेता तारादेवीले स्न्याचमा ७४ केजी र क्लिक एन्ड जर्कमा एकसय १ केजीसहित कुल १ सय ७५ केजीको भार उचाल्दै कीर्तिमान स्थापीत गरिन् । स्न्याच,क्लिन एन्ड र कुल सबैमा उनले कीर्तिमान स्थापीत गरिन् । ७५ केजी समुहमा खेलेकी तारादेवीकै नाममा थियो पुरानो कीर्तिमान पनि ।

गत जेठमा नेपालगञ्जमा सम्पन्न राष्ट्रिय छनौट प्रतियोगितामा तारादेवीले स्न्याचमा ७३,क्लिन एन्ड जर्कमा ९७ केजी र कुल एकसय ७० केजीको कीर्तिमान थियो ।

एसियाडमा उनले सबै तोडिन् । उनले स्न्याचमा ७० केजीबाट सुरु गरिन् । दोस्रो लिफ्ट ७४ केजीमा असफल हुँदा त्यसलाई तेस्रो लिफ्टमा सफल पारिन् । क्लिन एन्ड जर्कमा उनले ९३,९८ र १ सय १ केजी उचालिन् । यसमा दोस्रो लिफ्ट उचाल्दा नै उनको पुरानो कीर्तिमान भंग भइसकेको थियो ।

आफूले उत्कृष्ट प्रदर्शन दिन सकेको उनले बताइन् । एसियाडको प्लेटफर्ममा आएर यसरी कीर्तिमान हुँदा एकदमै खुसी लागेको छ । हरेक प्रतियोगितामा राम्रो दिने प्रयास हुन्छ । त्यसरी नै एकपछि अर्को कीर्तिमान बनाउँदै आएको थिएँ । यहाँ पनि बनाउन सफल भएँ ।

एसियाडको अनुभव बटुलिसकेकी तारादेवीले भनिन् । उनले २०१४ को इन्चोन एसियाड खेलेकी थिइन । अन्तर्राष्ट्रिय प्रतियोगितामा सबै खेलाडीको सपना पदक भएपनि एसियाली महाशक्ति राष्ट्र सँगको भिडन्तमा त्यो सार्थक हुन गाहे उनको तर्क थियो ।

उनको तौलमा उत्तर कोरियाली जोङ सिम रिमले स्न्याचमा १ सय १६ र क्लिन एन्डमा १ सय ४७ सहित २ सय ६३ केजी उचालेर स्वर्ण जितिन् । उज्वेककी ओमाडेयले २ सय ३७ केजीबाट रजत र कांस्यपदक जितेका थिए ।  नेपालको भारत्तोलनमा प्रतिस्पधा सकिएको छ । चार खेलाडीले भाग लिँदा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाए । कान्तिपुर दैनिकबाट