ताजा समाचार:
Search

बेनीमा कृषि ज्ञान र पशुसेवा विज्ञ केन्द्रको कार्यालय स्थापना

विकल्प न्यूज/बेनी
भदौ १० गते । DSC_0191म्याग्दीको सदरमुकाम बेनीमा कृषि ज्ञान र पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएको छ । गण्डकी प्रदेश अन्तर्गत रहने गरि कृषि ज्ञान तथा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको गण्डकी प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री लेख वहादुर थापाले आइतवार कार्यालयको उद्द्घाटन गर्नुभएको हो । साविकका जिल्ला पशुसेवा र कृषि विकास कार्यालयलाई प्रतिस्थापन गरि सोही स्थानमा कार्यालय खोलीएको हो ।

कार्यालयको उद्घाटन पछि मन्त्री थापाले कृषि ज्ञान र पशु विज्ञ केन्द्रले प्रदेश र स्थानीय तह सँग समन्वय गर्न कार्यालय खोलिएको बताउनुभयो । म्याग्दी र मुस्ताङका स्थानीय तहमा कृषि र पशुसेवाको विकासमा कार्यालयले काम गर्ने उहाँले बताउनुभयो । DSC_0195एक घर एक सहकारी अभियान सञ्चालन गरि जम्मा भएको पुँजीलाई कृषि र पशुपालनका क्षेत्रमा लगानी गर्ने योजना अघि सारेको मन्त्री थापाको भनाई छ । कृषि पेशालाई सम्मानित बनाउनका लागि प्रदेश सरकारले कृषकहरुलाई पुरस्कृति र सम्मानित गर्ने कार्यको थालनी गरेको उहाँको भनाई थियो । DSC_0197कार्यक्रममा प्रदेश सांसद विनोद केसी, पशु तथा मत्स्य विकास निर्देशनालयका सहसचिव डाक्टर मन वहादुर पुन,प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी,नेकपाका जिल्ला नेता हरिकृष्ण श्रेष्ठ र नेपाली काँग्रेसका सचिव क्या मिनवहादुर कार्कीले संघियता कार्यान्वय गर्ने क्रममा जिल्लामा खोलीएका कार्यालयले प्रभावकारी रुपमा काम गर्नुुपर्नेमा जोड दिनुभएको थियो ।  40079656_2099704660053759_640370466963324928_oजिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्र वहादुर केसीको अध्यक्षता,पशुप्राविधिक डिल्लीराम रेग्मीको सञ्चालन र वरिष्ठ पशु चिकित्सक डाक्टर रुपेश श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।