एक विद्यालयले अर्को विद्यालयलाई प्रिन्टर सहयोग

विकल्प न्यूज/बेनी
भदौ ९ गते । 40059055_2161957950712256_2222458637228441600_oरघुंगा गाउँपालिका ४ को जनता मावि दग्नामले सोही गाउँको शिव आधारभूत विद्यालय दरमिजालाई प्रिन्टर सहयोग गरेको छ । गाउँपालिकाले उपलब्ध गराएको रकमबाट जनता माविले नयाँ प्रिन्टर खरिद गरि सहयोग गरेको हो ।

वडा अध्यक्ष रुक बहादुर गर्बुजा,विद्यालयका प्रधानाध्यापक गुन पुन,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गर्बुजाले शिव आधारभूत विद्यालयका प्रअ गीता सुवेदी, अध्यक्ष चित्र बहादुर गर्बुजा र कम्प्युटर व्यवस्थापन समितिको अध्यक्ष कुमारी गर्बुजालाई प्रिन्टर हस्तान्तरण गर्नुभएको हो ।

जनता माविको शैक्षिक विकासका लागि गाउँपालिकाले विनियोजन गरेको बजेटबाट केही रकम बचाएर अर्को गाउँकै विद्यालयलाई सहयोग गरेको वडा अध्यक्ष गर्बुजाले बताउनुभयो ।

पुरानो प्रिन्टर काम नलाग्ने भएपछि विद्यालयमा समस्या भएको थियो । प्रिन्टर उपलब्ध भएपछि फोटोकपी र प्रिन्ट गर्न सहज हुने प्रअ सुवेदीले बताउनुभयो । पाँच कक्षा सम्म पठनपाठन हुने विद्यालयमा ४२ जना विद्यार्थीहरु छन् ।