ताजा समाचार:
Search

जलजलामा निशुल्क दन्त शिविरबाट तिनसय लाभान्वित

विकल्प न्यूज/जलजला
भदौ ९ गते । 40046041_2120921337978767_3805670199139500032_nउत्तरी पर्वतको जलजला गाउँपालिका ५ फलामेडाँडाँमा शुक्रवार आयोजना गरिएको निशूल्क दन्त शिविरबाट तिनसय जना सेवा लिएका छन् । फलामेडाँडाँमा रहेको प्राकृतिक सम्पदा संरक्षण संस्थाको आयोजना,निक्की थापाको नेतृत्व र हेल्डीङ हेण्डस नेपालको सहयोगमा एकदिने शिविरको आयोजना गरिएको हो ।

शिविरमा जलजला गाउँपालिकाका लेकफाँट, बाँसखर्क, माझफाँट, शालीजा, धाइरिङ र अन्नपूर्ण गाउँपालिकाको राम्चे, नागीका बासिन्दाले सेवा लिएको आयोजक संस्थाका पुर्खबहादुर पुर्जाले जानकारी दिनुभयो । शिविरमा जर्मनी दन्त विशेषज्ञहरुको टोलीले दन्त परिक्षण, परामर्श र निशूल्क औषधि वितरणको सेवा प्रदान गरेका थिए ।

दुर्गम ग्रामिण क्षेत्रमा दन्त स्वास्थ्यको सचेतना अभिवृद्धि गरी उनिहरुलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरेको पुर्जाले बताउनुभयो ।