पुजाको त्यो चिठी….. जसले मनकारीहरुलाई जोड्यो

विकल्प न्यूज/बेनी
भदौ ८ गते ।

    DSC_0275बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीले एकदिन आफूले पढ्ने जामुनाखर्क माध्यमिक विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगाना लाई आफु गरिबीका कारण पढ्नका लागि विद्यालय आउन नसक्ने भएको हुँदा विद्यालयबाट रेष्टीगेट गरिदिनु भनेर पत्र लेखिन । जुन पत्र अहिले समाजिका सञ्जालमा भाइरल भएको छ । पुजालाई सहयोग गर्नेको ओइरो नै लागेको छ ।

बुवा र आमाले साथ छाडेपछि पुजाका एक वहिनी एक भाई अपाङग हजुर वुवा सँग कठिन जिन्दगी विताइरहेका छन् । भने एक वहिनी काठमाण्डौ अर्कोकै घरमा काम गर्ने गरि पुगेकी छिन् । उनले लेखेको पत्र प्रधानध्यापक ढुंगानाले बेनपाका वडाअध्यक्ष कृष्ण वहादुर बानियाँलाई दिनुभयो । बानियाँले पत्र पत्रकार हरिकृष्ण गौतमलाई दिएपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पुजाको खबरले चर्चा पाउन थाल्यो ।  DSC_0215पुजाको पारिवारिक अवस्था यस्तो छ

पुजाको बहिनी पुनम खत्री घरको माथिल्लो तलामा रहेको साँघुरो कोठामा भुईमा सुत्छिन् । चिसो भुईमा एउटा पुरानो गुन्द्री ओच्छाएर भाईसंगै सुत्छिन् । अहिलेसम्म उनलाई सिरक ओढेर सुतेको अनुभव छैन् । कोठामा रहेको खाटमा ओच्छाउने पातलो दस्ना, पुरानो सिरक र सिरानी हजुरबुबालाई छुट्टाएका छन् । DSC_0240हजुरबुबाको भुईमा सुत्ने प्रस्तावलाई उनीहरुले पटकपटक अस्वीकार गरेपछि ढोकाको छेउमै हरेक रात काट्ने गरेका छन् । चिसो भुईमा सुत्ने पुनम र उनका भाई पुजन र छेउमा भाच्चिनै लागेको अर्को खाटमा विद्यालयको प्रधानध्यापकलाई आफुँलाई निष्काशन गर्न चिठी लेखेकी पुजा सुत्ने गरेकी छन्।

झट्ट हेर्दा एकजना पनि मुस्किलले सुत्न मुस्किल हुने कोठामा चार जनाले रात विताउने गरेका छन् ।‘मलाई सिरक ओढेर सुत्दा कस्तो अनुभूति हुन्छ भन्ने अहिलेसम्म थाहा छैन,‘स्कुल विदाको समयमा दिउँसो हजुरबुबाको खाटमा सुत्छु’ पुनमले कोठाको अवस्था देखाउँदै भनिन् । DSC_0231उनले पुरानो गुन्द्रीमा सुत्दा चिसो मौसममा सिरक नहुदाँ हातगोडा, मुख सुन्निने गरेको बताईन् । धेरै रात खाली पेट सुत्ने गरेका छौ,‘हामीलाई मध्यरातमा आएर बुबाले समेत कुटपिट गर्नुहुन्छ’ पुजाले भनिन् । उनले तल्लो तलामा सुत्ने गरेको कोठामा घरबाट निकाल्न बुबाले रातको २ बजे ढोका तोडफोड गरेको बताईन् ।‘चिसो भुँई भएपनि यो ठुलो कोठा थियो,‘बुबाको नाम घर भएकाले उहाँले राती आएर भत्काइदिनुभयो’ ढोका देखाउँदै भनिन् ।

रक्सीले मातेर भाई, बहिनी, हजुरबुबालाई समेत कुटपिट गर्ने गरेका पुजाका बुबा लिला बहादुर गत असार महिना देखी बेपत्ता छन् । ‘हाम्रो लागि त यो दरबार नै हो,‘तपाईहरुलाई भुत बस्ने जस्तो लाग्छ होला’ पुजाले मुसुक्क हाँस्दै भनिन् ।

टिनले छाएको तीनकोठे घरमा एउटा खाना पकाउने, एउटाको ढोका पुजाका बुबाले तोडफोड र माथिल्लोमा चिसोले समेत बस्न नसक्ने अवस्थाको छ ।‘चिसोबाट बच्न मोजा लगाएर सुत्ने गरेका छौ,‘हामी तीन जनाकै मोजा च्यात्एिको छ’ पुजाले भनिन् । उनले विद्यालयमा साथीहरुबाट मुजा लुकाउने प्रयास गरेपनि बेलाबेलामा देखिने गरेको बताईन् ।‘खुट्टा देखी शीरसम्म लगाउने सबै लुगा छैनन्,‘यस्तै समस्या भएर मैले भाईबहिनीलाई राम्रोसंग शिक्षादिक्षा दिन विद्यालयमा नजाने गरी पत्र पठाएकी थिए’ उनले भनिन् ।

रक्सीले मातेर घरमा कुटपिट गर्न आउने बुबा, दुईबर्ष देखी सम्पर्क विहिन भएकी आमालाई उनले निष्ठुरीको संज्ञा दिईन् । ‘आमाबुबाको आश छैन्,‘दुवै आफ्नो जिम्मेबारीबाट पन्छिए, मैले अभिभावकको जिम्मेबारीमा भाईबहिनीलाई सम्हाल्दै छु’ उनले भनिन् । नजिकै छिमेकीबाट पैसो लिएर साउन महिनामा तीनदिन भात पाकाएकी खत्रीले चुल्होमा मामाघरबाट ल्याएको पिठो र छिमेकीले दिएको मैक छन् । ‘विहान पकाएर बेलुकी पनि त्यही खान्छौ, विहानै सकियो भने बेलुकी भोकै सुत्छौ’ उनले भनिन् । पकाउने भाडाकुडा समेत चुहिने भएका छन् ।

पुजाको मार्मिक पत्र39976832_2151657305091436_650225728985497600_n

आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक साम्रागी, लत्ताकपडा, घरमा पढ्ने वातावरण नभएपछि खत्रीले प्रधानध्यापक ढुंगानालाई चिठी पठाउँदै आफ्नो रोल नं हटाउँदै विद्यालयबाट निष्काशन गर्न अनुरोध गरेको पत्रले पुजार्का सर्वत्र चर्चा भइरहेको छ । विद्यालयको अनुरोधमा प्रथम त्रैमासिक परिक्षामा सहभागिता जनाइरहेकी खत्रीले घरायसी अवस्थाकै कारण पढाई छोड्नु परेको बताएपछि उनलाई स्वदेश तथा विदेशबाट सहयोगको अभियान सञ्चालन भइरहेको छ ।‘घरको अवस्था निकै दयनीय छ,‘अपाङ्ग हजुरबुबालाई पनि उनले हेनुपर्छ’ प्रअ ढुंगानाले भन्नुभयो ।

सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट सहयोगको अभियान सञ्चालन भएको छ । ‘जन्मिएदेखी उनीहरुले सास्ती खेप्नुपरेको छ,‘पुजा साहसी बालिका हुन्’ घरमा पुगेर अवलोकन गरेपछि ढुंगानाले भन्नुभयो । उनले एउटा १२ बर्षिया बालिकाले विद्यालयमा पत्र पठाएर घर सम्हाल्न खोज्नु कुनै चानचुने कुरा नभएको ढुंगानाको भनाई छ । ‘उनको जस्तो अवस्था भएका धेरैले आफ्नै ज्यान लिएका घटना छन्,‘उनले पढाई त्याग्ने प्रयास गरिन्, तर घर सम्हाल्ने प्रयासमा जुटिन्’ उहाँले भन्नुभयो ।

१२ महिना चिसोबाट बच्न राति आगो बालेर छेउमा रात काट्न गरेको पुजाका हजुरबुबा मान बहादुरले बताउनुभयो । ‘एउटा नातिनीलाई सुटुक्कै काठमाण्डौ पु¥याएका छन्,‘उसलाई पनि धेरै यातना दिन्छन भन्ने सुनेको छु’ मानबहादुरले भन्नुभयो । उहाँले सबैलाई एउटै ठाउँमा राखेर शिक्षादिक्षा दिने वातावरण बनाउन अनुरोध गर्नुभयो ।

‘मेरो छोराबुहारीले आमाबुबाको जिम्मेबारीबाट पन्छिए,‘छोराले मलाई पटकपटक कुटपिट गरेको उहाँले भन्नुभयो । सुतेको बेलामा मध्यरातमा आतंक मच्चाउन आउने गरेको बताउँदै गाउँलेको सहयोगमा ज्यान जोगाउने गरेको बताउनुभयो । ‘छोराको नाममा घर पास दिएको छु,‘हामीलाई घरबाट निकाल्न धेरै प्रयास गरेको छ’ उनले भने । गरिवीसंगै आफ्नै छोराको समेत आतंकले खत्रीलाई त्रसित बनाइरहेको छ ।
पुजालाई सहयोगको ओइरो

DSC_0259 प्रधानध्यापकलाई विद्यालयबाट निष्काशन गर्न पत्रचार गरेकी खत्रीलाई नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश संयोजक त्रिभुवन पौडेलले आफ्नो जन्मदिनमा २१ हजार आर्थिक सहयोग गर्नुभयो । गरिवी र पारिवारिक समस्याका कारण विद्यालयबाट निष्काशन गर्न पत्र पठाएकी खत्रीलाई सहयोगको अपिल समेत गरेका पौडेलले जन्मदिनको खर्च कटाएर सहयोग गर्नुभएको हो । ‘उनको पत्र पढेर मेरो आँसु आयो,‘गरिवीको एउटा उदाहरण हुन्’ पौडेलले भन्नुभयो ।

खत्रीलाई अनेरास्ववियू म्याग्दीले १२ हजार बराबरको खाद्य साम्रागी, बेनी कालिपुलका खेम केसीले २५ सय रुपैयाँ, लायन्स क्लव बेनी पिस सिटी, मोना अन्र्तराष्ट्रियका कोषाध्यक्ष राम खड्का लगाएत धेरैले सहयोगको प्रतिबद्धता जनाएका छन् । वडा कार्यालयले समेत आर्थिक सहयोग अभियानलाई तिब्रता दिन अपिल गरेको छ । स्वदेश तथा विदेशमा नेपालीले खत्रीको परिवारलाई सहयोगको प्रतिबद्धता जनाएसंगै गरिमा विकास बैंक बेनी शाखामा पुजा खत्रीको नाममा खाता समेत खोलिएको छ । चार भाईबहिनीलाई उचित शिक्षादिक्षाका लागि सहयोग संकलन अभियान जारी रहेको छ ।

प्रजिअ सहितको टोली पुजाको घरमा पुग्योDSC_0259

सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा पुजाको पत्र र उनको आर्थिक अवस्थाका वारेमा चर्चा भएपछि प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी,नेपाली सेनाका मेजर राजन दाहाल,प्रहरी नायब उपरिक्षक विर वहादुर वुढामगर,कोलेनिका प्रमुख छविन्द्र बेलबासे,अनुसन्धान प्रमुख अर्जुन सुवेदी सहित पत्रकारहरुको टोलीले शुक्रवार पुजाको घरमा पुगेका छन् । कर्मचारी मिलन केन्द्रले संकलन गरेको १५ हजार पाँचसय ५ र अन्य संघसस्थाले उपलब्ध गराएको सहयोग रकम लगायत लत्ताकपडाहरु हस्तान्तरण गरिएको छ । गरिवीका कारण पढाई छाड्नु पर्ने अवस्था हुन नदिन र खत्री परिवारका बालबालिकाहरुको शिक्षा दिक्षा र पालनपोषणका लागि पहल भइरहेको प्रजिअ अधिकारीले बताउनुभयो ।