ताजा समाचार:
Search

गुर्जालीलाई अवसर ः असोज २० मा एकिकृत घुम्तीशिविर

विकल्प न्यूज/बेनी
भदौं ५ गते । gurja-vdcम्याग्दीको विकट धौलागिरि गाउँपालिका १ गुर्जामा एकिकृत घुम्ती शिविरको आयोजना गरिने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा वसेको सरोकारवालाहरुको वैठकले जिल्लाकै दुर्गम गुर्जामा आगमी असोज २० र २१ गते एकिकृत घुम्तीशिविरको आयोजना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।

भौगोलिक रुपमा विकट गुर्जाका स्थानीयहरुलाई घरदैलोमै सरकारी सेवासुविधा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाको सहयोगमा जिल्ला प्रशासनले शिविरको आयोजना गर्न लागिएको प्रजिअ अधिकारीले बताउनुभयो । jilla-parshanजाग्गा रजिस्ट्रेशन,कित्ताकाट,नागरिकता,स्वास्थ्य लगायत अन्य सरकारी सेवा सुविधा घुम्ती शिविरमा उपलब्ध गराइने उहाँले बताउनुभयो । दुर्गम भएकाले गुर्जामा लामो समय देखि जग्गा रजिष्ट्रेशन र कित्ताकाटको समस्या रहेको छ ।

वर्षौ देखि जग्गाको नामसारी,कित्ताकाट ठप्प छ । करिव ढेडसय घरपरिवार भन्दा वढीमा यस्तो समस्या रहेको गुर्जाका वडाअध्यक्ष झकवहादुर छन्त्यालले बताउनुभयो । मालपोत र नापी टाढा भएकाले बाउबाजेको पालाको जग्गा अहिले सम्म छोरा नातीमा नामसारी भएको छैन उहाँले भन्नुभयो ।

यसका साथै पौष ७ गते मंगलाको कुहुँ, माघ १९ गते मालिका गाउँपालिका ५ देविस्थानको पन्थोक, रघुगंगा गाउँपालिका ६ पाखापानीमा मंसिर १ र २ गते र फागुन २४ र २५ गते अन्नपूर्णको शिखमा शिविर सञ्चालन गर्ने निर्णय भएको सहायक प्रजिअ लिलादेवी अर्यालले जानकारी दिनुभयो ।