ताजा समाचार:
Search

बेनी–जोमसोम सडकको जोमसोम–भुरुङ खण्ड सूचारु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ भदौ । 39280004_303180710440020_7072244929442873344_oपहिरो र कटानका कारण अवरुद्ध बनेको म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको मुस्ताङ खण्ड शनिबार साँझ देखि सञ्चालनमा आएको छ ।

बेनी जोमसोम कोरला सडक आयोजना, आयोजनामा परिचालन भएको निर्माण ब्यवसायी, मुस्ताङका अगुवा, प्रशासन र सुरक्षा निकायको पहलमा घाँसा र बादरजुङ भिरमा कटान गरेको र पहिरो खसेको सडक मर्मत गरेर जोमसोम देखि म्याग्दीको नारच्याङ सम्मको खण्डमा सिधा सवारी सञ्चालन गर्न सकिने बताइएको हो ।

थापाखोला जलविद्युत आयोजनाको कम्प्रेशर मेसीन सहयोग मागेर काभ्रेभिरमा बिस्फोट गराएर पहाड फुटाई सडक मर्मत गरीएको मुस्ताङका अगुवा चन्द्रमोहन गौचनले जानकारी दिनुभयो । म्याग्दीको भुरुङ तातोपानी र भिरकाटेमा कटान गरेको सडक मर्मत गरेर आईतबारसम्म सडकमा सिधा सवारी सञ्चालनको पहल भएको छ ।

म्याग्दीको बैसरी, बेगखोला, भुरुङ तातोपानी, गुईठे, घट्टेखोला, रुप्से, काभ्रेभीर र मुस्ताङको घाँसामा पहिरोले सडक बगाएपछि केही दिनयता बेनी जोमसोम सडकमा सिधा यातायात अवरुद्ध बनेको छ । बर्षा रोकीएको र मौसम अनुकुल भएकाले सडक मर्मतमा सजिलो भएको छ ।