थापाद्धारा दिवंगत छोरीको स्मृतिमा अक्षयकोष स्थापना

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ भदौ ।  IMG_8378 म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापाले दिवंगत छोरीको स्मृतिमा रघुगंगा गाउँपालिका ७ चिमखोला स्थित अमर माविमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

अस्टे«लीयाको सिड्नीमा दिवंगत भएकी संगिता राम्जालीको वार्षिक पुण्य तिथी पारेर शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा गरिब, विपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीको सहयोगका लागि तिन लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको जानकारी गराइएको हो ।IMG_8400

कोषको ब्याजबाट १–५, ६–८, ९ र १० मा सबै भन्दा बढी अंक ल्याउने अन्य र दलित समुदायका एक÷एक जना तथा विद्यालयमा सबैभन्दा बढी अंक ल्याउने थप एक जनालाई वार्षिक दुई हजार रुपैयाँका दरले पुरस्कृत गरिने संगीता राम्जाली स्मृति कोषका संस्थापक थापाले बताउनुभयो । यसैगरी विपन्न समुदायका छ जनालाई वार्षिक एक हजारका दरले सहयोग गरिने भएको छ । IMG_8352पूर्व शिक्षक समेत रहनुभएकी थापाले जन्मथलोका गरिब, विपन्न, जेहेन्दार बालबालिकाको शिक्षामा सहयोग गर्ने छोरीको चाहना अनुसार कोष स्थापना गरेको बताउनुभयो । राम्जालीको ३४ वर्षको उमेरमा वि.स २०७४ भदौ १ गते उपचारको क्रममा सिड्नीमा निधन भएको थियो । IMG_8320कार्यक्रममा थापाले कक्षा २ मा अध्ययनरत साहना बुढालाई पोशाक, झोला, कापी, कलम सहित नगद दुई हजार रुपैया उपलब्ध गराउनुभयो । आमाको निधन र बुवाले दोस्रो बिवाह गरेपछि हजुरआमासंगै बसेर अध्ययन गर्दै आएकी बुढालाई अमर माविमा अध्ययन गर्दासम्म वार्षिक दुई हजारका दरले सहयोग गर्ने थापाले घोषणा गर्नुभयो ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, वडा अध्यक्ष देउप्रसाद पुन, कोषका संस्थापक थापाले वि.स २०७४ को परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कोषबाट पुरस्कृत गर्नुभएको थियो ।

१–५ तहमा स्वदेशी पाईजा र सदिक्षा नेपाली, ६–८ मा जानकी पाईजा, पिङकी नेपाली, ९–१० मा तिलीसा थापा र सांकेतीक परिणामको आधारमा विद्यालयमा सबैभन्दा बढी अंक ल्याउने जानकी पाईजालाई नगद दुई हजार र प्रमाणपत्र उपलब्ध गराइएको थियो ।

यसैगरी विपन्न, न्युन आर्थिक अवस्था भएका समूहबाट यमुना पुन, सोफीया बागदास, रोजी पुर्जा, युनिस्का तिलीजा, जमुना गर्बुजा र साउनी पुनलाई एक हजार रुपैयाका दरले पुरस्कृत गरिएको थियो । IMG_8368कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले सामुदायीक विद्यालयप्रती विश्वास र आकर्षण बढाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउँदै शिक्षक, कर्मचारीको कार्यक्षेत्रमा नियमित उपस्थितीका लागि गाउँपालिका, वडा, स्वास्थ्य संस्थाका कार्यालय र माविमा विद्युतीय हाजीरी मेसीन जडान गर्न लागिएको बताउनुभयो ।

दग्नाम–दर्मीजा–चिमखोला सडकको ट्याक निर्माणका लागि यस वर्ष गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, सांसद बिनोद केसीको पहलमा पचास लाख र गाउँपालिकाले ७१ लाख रुपैया बिनियोजन गरेको जानकारी गराउनुभयो ।

गाउँपालिकाले उच्च प्राथमिकता दिएको दग्नाम चिमखोला हुदै कुईनेमंगले जोड्ने सडकलाई आफ्नो कार्यकालभित्र पूर्णता दिने प्रतिवद्धता जनाउदै अध्यक्ष भण्डारीले आफूले जनप्रतिनिधीको हैसीयतमा पाउन पारिश्रमीक कोष बनाएर गरिव, विपन्न, अनाथ बालबालिकाको शिक्षामा खर्च गर्ने जानकारी दिनुभयो ।

“मैले जनप्रतिनिधको हैसीयतमा राज्यले उपलब्ध गराएको सुबिधा उपभोग गरेको छैन्” अध्यक्ष भण्डारीले भन्नुभयो “पाँच वर्षमा बिस लाख रुपैया भन्दा बढी पारिश्रमीक आउने रहेछ, त्यसलाई कोष बनाएर बालबालिकाको शिक्षामा लगाउने कार्यपालिकाबाट निर्णय भईसकेको छ ।”

वडा अध्यक्ष पुनले गत वर्ष अमर माविको खेलमैदान ढलान र कम्प्युटर ल्याब स्थापनाका लागि गाउँपालिकाले सहयोग गरेको बताउदै यस वर्ष भवन निर्माणका लागि पाँच लाख रुपैया बिनियोजन भएको जानकारी गराउनुभयो । थापाले स्थापना गर्नुभएको कोषले विद्यार्थीहरुमा सकारात्मक प्रतिस्पर्धाको भावना बिकास र शैक्षिक सुधारमा सहयोग पुग्ने वडा अध्यक्ष पुनको भनाई थियो ।

कार्यक्रममा प्रअ पृथबहादुर थापा, शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण पुन, अभिभावक धु्रबकुमार पाईजा, कोषका संस्थापक धनकुमारी थापाले मन्तब्य व्यक्त गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बुढाको अध्यक्षता, शिक्षक उषा शर्माको स्वागत, दिननाथ खनाल र पोमाया पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थी र आमा समूहले गित र नृत्य प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा हाल मौवाफाँट निवासी दुतमाया पाईजा र जितबहादुर पाईजाले हिमालयन आमा समूहलाई बिस थान साडी र दमती पाईजाले १२ थान नृत्य पोशाक उपलब्ध गराउनुभएको थियो । कोषकी संस्थापक थापाले जुरेसलाई सात हजार, नृत्य गर्न विद्यार्थी समूहलाई सात हजार, आमा समूहलाई दुई हजार र मण्डकी युवा क्लबलाई दुई हजार पाँच सय रुपैयाँ सहयोग गर्नुभएको थियो ।