गुईठे र काभ्रेका पहिरो पीडितलाई सुरक्षित स्थानमा राखीने

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३१ साउन । DSC_0320  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईठे र काभ्रेका पहिरो पिडितलाई सुरक्षित स्थानमा सारीने भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, वडा अध्यक्ष नरसीङ पुर्जा, बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रतिनिधि र पिडितहरुबीच भएको छलफलपछि उच्च जोखिममा रहेका १० घरपरिवारलाई अस्थाई रुपमा सुरक्षित स्थानमा बस्ने ब्यवस्था मिलाउने निर्णय भएको हो । IMG_8142(1)बेनी–जोमसोम सडक विस्तारको क्रममा पाखो भत्कीएर पहिरो खस्न थालेपछि गुईठेका ८ र काभ्रेका तिन घर उच्च जोखिममा परेका छन् । गुईठेका कृष्ण बस्याल, उदयबहादुर सार्की, गणेश कटुवाल, राजु बिक, देउमाया सार्की, कर्णबहादुर नेपाली, सोमबहादुर मिजार, गोविन्द केसी र दिर्घबहादुर थापाको परिवार पहिरोका कारण विस्थापित भएका छन् ।

यसैगरी काभ्रेका भक्तबहादुर पाईजा, भुमीराज पाईजा र होमबहादुर पाईजाको परिवारलाई पनी सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउने निर्णय भएको वडा अध्यक्ष पुर्जाले बताउनुभयो । पहिरो पिडितलाई बेनी जोमसोम कोरला सडक आयोजनाले जस्तापाता र खानेपानीको पाईप उपलब्ध गराउने सहमती भएको छ । IMG_8140गुईठेका पहिरो पिडितलाई आयोजनालाई २५ एमएमको २५० मिटर खानेपानी उपलब्ध गराइएसकेको छ । गाउँपालिकाको बुधबार बसेको बैठकले पचास हजार रुपैया बिनियोजन गरेको स्थानीय अगुवा सुरत केसी (बैरागी)ले बताउनुभयो ।

सडक आयोजनाले जस्तापाता उपलब्ध गराएपछि केही समय बस्नका लागि अस्थाई टहरा निर्माण गर्ने तयारी भएको छ । पहिरो पिडितहरु हाल छिमेकी र आफन्तकोमा आश्रय लिएर बसेका छन् ।