ताजा समाचार:
Search

मोडलिङमा चम्कीदै सिमान्ता बानियाँ

विकल्प न्यूज /बेनी
साउन २४ गते । simanta 1    मोडलिङ क्षेत्रमा भर्खर प्रवेश गरेकी छिन् सिमान्ता बानियाँ । प्लस टु मा अध्ययनरत १८ वर्षीय सिमान्ता बानियाँको यहि क्षेत्रमा भविष्य निर्माण गर्ने अठोट छ । उनमा सानै उमेरदेखि अभिनय गर्ने रुचि थियो ।simanta 4एकवर्ष अघि मोडलिङ क्षेत्रमा पाइला टेकेकी बेनी नगरपालिका ५ पुलाचौर स्थायी घर भएकी बानियाँको भविष्यमा ठूलो पर्दाको चलचित्रमा अभिनय गर्ने सोख रहेको बताउँछिन् । simanta 2एकवर्ष अघि एैना सरी….. बोलको गीति एल्बमबाट अभिनयको यात्रा सुरु गरेकी सिमान्तालाई परिवार,साथीभाई र आफन्तबाट राम्रो सहयोग र साथ मिलेको छ । बानियाँको इच्छा भविष्यमा स्थापित कलाकार भएर संगितको क्षेत्रमा योगदान गर्ने मन छ । पछिल्लो समय म्याग्दीमा नव मोडेलका रुपमा चिनिन थालेकी सिमान्ताको चर्चापरिर्चा हुनथालेको छ ।

एैना सरी..,भेट्ने कहिले होला.. र यसै हप्ता भित्र बजारमा आएको तिजको गीत “सुनको सिक्री” मा नृत्य, अभिनय गरेकी सिमान्ताले आफूलाई यहाँ सम्म ल्याउनका लागि दाजु भुपेन बानियाँको योगदान रहेको बताउँछिन् । simanta 3दाजु बानियाँकै प्रेरणा र साथले यस क्षेत्रमा लागेकी हुँ सिमान्तले भनिन् । नृत्य र अभिनयलाई सँगसगै लैजाने सिमान्ताको सोच छ । भर्खर मात्रै क्रियटिभ मिडिया प्रोडक्सनले बजारमा ल्याउन लागेको “सुनको सिक्री” तिज गीतमा सिमान्ताले राम्रो अभिनय गरेकी छन् । कला क्षेत्रमा लागेर देशको सेवागर्ने आफ्नो इच्छालाई परिवारको समेत पूर्ण समर्थन रहेको बताउने उनले यो क्षेत्रबाट समाजसेवा गरेर देशविकासमा सहयोग गर्ने लक्ष्य रहेको बताउँछिन् । simantaभविष्यमा राम्रो हिरोइन भएस भनेर साथीहरुले आर्शिवाद दिने गर्नुहुन्छ,सिमान्ताले भनिन ‘अझै मेरो अभिनयमा पूरक छैन, निख्खारता ल्याउनु नै छ ।’ उनले भनिन्, त्यसलाई पूरा गर्न पनि मेहनेतहको आवश्यक छ ।’ ‘मोडलिङमा लागेर भविष्य बनाउनेहरू देखेकी छु । अब म पनि रंगीन दुनियामा रमाएर करिअर चम्काउन चाहन्छु,’ उनले भनिन, ‘ अध्ययन सँगै मोडलिङलाई पनि निरन्तरता दिने छु ।’ तस्विर भुपेन बानियाँ क्रियटिभ मिडिया प्रोडक्सन