म्याग्दीमा रु एकलाखको मीडियाकर्मी हित कोष स्थापना

विकल्प न्यूज/बेनी
बेनी २३ साउन । 38698851_2218117164884251_8034066717527244800_oम्याग्दीमा सञ्चारकर्मीहरुको सहयोगका लागि मीडियाकर्मी हित कोष स्थापना भएको छ । म्याग्दी मीडिया सोसाईटीको बुधबार बेनीमा बसेको बैठकले एक लाख रुपैयाँको हितकोष स्थापना गर्ने निर्णय गरेको हो ।

कोषको ब्याजबाट बिरामी र दुर्घटनामा परेका सञ्चारकर्मीहरुलाई सहयोग उपलब्ध गराउने सोसाईटीका अध्यक्ष गोपाल छन्त्यालले बताउनुभयो । कोष सञ्चालनको कार्यबिधी तयार पार्नका लागि अध्यक्ष छन्त्याल, कोषाध्यक्ष ठाकुरप्रसाद आचार्य र सदस्य सुर्दशनकुमार श्रेष्ठ रहेको कार्यदल गठन भएको छ ।

सोही बैठकले एपलास्टिक एनीमीया रोगबाट पीडित बागलुङका पत्रकार बिजय रानालाई संस्थामा आवद्ध सदस्य र संस्थागत गरी दश हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको सचिव अमित विश्वकर्माले जानकारी दिनुभयो ।

म्याग्दीबाट प्रकाशन, प्रशारण हुने सञ्चार माध्यमका सञ्चालक आवद्ध भएर गत चैतमा स्थापना भएको सोसाईटीले स्थानीय सञ्चार माध्यमको सवलीकरणमा पहल गर्नुका साथै स्थानीय तहका गतिबिधि समेटिएका वृत्तचित्र तयार पारेको छ । यस्तै मालिका गाउँपालिकाका पर्यटकीय स्थलको बारेमा मालिका सन्देश नामक बुलेटीन प्रकाशन गरेको छ ।