प्रशासनद्धारा ग्रामिण क्षेत्रका पसलहरुमा अनुगमन सुरु

धिरन खत्री/विकल्प न्यूज
म्याग्दी, २३ साउन । anugaman (1)जिल्ला प्रशासन कार्यालय म्याग्दीले ग्रामिण क्षेत्रका पसलहरुमा अनुगमन सुरु गरेको छ । बुधबार बेनी नगरपालिका २ बगरफाँट र दुधेकोलाका ८ ओटा किराना पसलमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा धरै मात्रामा उपभोग्य मिति समाप्त भएका पेय पर्दाथ भेटीएको सहायक प्रमुख जिल्ला अधिकारी लिलादवी अर्यालले बताउनुभयो ।

सहायक प्रजिअ अर्याल नेतृत्वमा गरिएको अनुगमनले किराना पसलमा कोक फ्यान्टा र स्प्राईट जस्ता पेय पदार्थ बढी मात्रामा म्याद समाप्त भएका भेटिएको हो ।

किराना पसल अनुगमन क्रममा पेय पदार्थको म्याद सिद्धिएको, पसलमा बोर्ड नराखिएको, पसल दर्ता नगरेको, खरिद विल नभएको, मूल्य सुचि नराखिएको, लाईसन्स नलिई मदिरा बिक्री गरिएको लगायतको समस्या अनुगमनका क्रममा भेटिएको छ । anugaman (3)सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले अधिकांश पसलमा पेय पदार्थ म्याद सिद्धिएको बढी भेटिएको हुदाँ मिति हेरेर राख््न र एक हप्ताभित्र पसल दर्ता तथा बोर्ड राख्न निर्देशन दिएको बताउनुभयो । अनुगमन भेटिएको पेय पदार्थ तथा मदिरा नष्ट गरिएको थियो ।
अनुगमनमा वडा २ का अध्यक्ष हिरा बहादुर थापा,म्याग्दी उद्योग वाणिज्य संघ प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ, वडा सदस्य चन्द्रबहादुर कुँवर, कोष तथा लेखा नियन्त्रण कार्यालय र घरेलु विकास समिति कार्यालयको प्रतिनिधि अनुगमन टोलीमा सहभागि थिए ।

पसलमा दैनिक उपभोग्य सामानहरु म्याद भएको सामानहरु राख्न र भएको कमिकमजोरी आगमी दिनमा सुधार गर्न अनुगमन टोलीले व्यवसायीलाई सुझाव दिएको छ ।