गलेश्वर मन्दिरमा साउनको तेस्रो हप्तासम्म नौ लाख बढी भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २२ साउन । Galeshowr bheti sankalanबेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको तेस्रो हप्तासम्म नौ लाख रुपैयाँ भेटि संकलन भएको छ । यस वर्षको तिन वटा साउनको सोमबार मध्य पछिल्लो सोमबार सबैभन्दा बढी भक्तजन आएको र भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार जानकारी गराएको छ । तेस्रो सोमबार तिन लाख २३ हजार ९०८ रुपैया भेटि संकलन भएको कोषका सचिव माधव रेग्मीले जानकारी दिनुभयो ।

म्याग्दी, बागलुङ, पर्वत, कास्की, स्याङ्जा, चितवन, गोर्खा, लमजुङबाट आएका २५ हजार जना भक्तजनले दर्शन र पुजाआजा गरेको कोषले जनाएको छ । पहिलो सोमबार दुई लाख ८८ हजार २७१ र दोस्रो सोमबार तिन लाख सात हजार ५८२ रुपैया संकलन भएको थियो । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलीएको एउटै चट्टानमाथी अवस्थित गलेश्वरमा सतिदेवीको गला पतन भएको धार्मीक शास्त्रहरुमा उल्लेख छ ।

साउन महिनाको सोमबार, शिवरात्री र बालाचर्तुदर्शीमा बिशेष मेला लाग्ने गलेश्वरमा पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास छ । कोषले मासिक र साप्ताहीक रुपमा संकलित भेटि विवरण सार्वजनीक गर्दै आएको छ ।