ज्येष्ठ नागरिकद्धारा पुल र बाटो मर्मत

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २२ साउन । donation-handover-1-2बेनीका एक जेष्ठ नागरिकले निजी लगानीमा पुल र बाटो मर्मत गर्नुभएको छ । बेनी नगरपालिका ७ ईन्द्रेणीटोल निवासी ७६ वर्षिय नैनकुमार श्रेष्ठले मंगलाघाट स्थित झोलुङ्गे पुल, पुल देखि सडकमा निस्कने र बेनी भगवती मन्दिर नजिकैको पुल देखि खबरातर्फ जाने बाटो मर्मत गर्नुभएको हो ।

जिर्ण अवस्थामा रहेको पुलको केही फल्याक परिवर्तन गरिदिनुभएका श्रेष्ठले पुलदेखि सडक सम्म पुग्ने बाटोमा खसेको पहिरो पन्छाएर सफा गर्नुभएको छ । दुई दिन दुई जनाका दरले मजदुर परिचालन गरिएको थियो ।

यसैगरी तिन जना मजदुर लगाएर तिन दिन देखि भगवती मन्दिर पारीको पहाडको बाटो फराकीलो बनाउने काम गरिरहेको श्रेष्ठले बताउनुभयो । सेवा र धर्मका लागि यस्तो काम गरेको जेष्ठ नागरीक समाजका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले बताउनुभयो ।