ताजा समाचार:
Search

बरंजाका थापाको सुनको सिक्री (भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २२ साउन ।song0
मंगला गाउँपालिका ३ खर्कका नवगायक कृष थापाको तिज गीत सुनको सिक्री सार्वजनिक भएको छ । थापा र गायीका लक्ष्मी परियारको स्वर रहेको गीतको म्युजीक भिडीयो क्रियटिभ मिडीया मार्फत सार्वजनिक भएको हो । _HUP2914बलबहादुर परियारको शब्द तथा लय रहेको गीतको म्युजीक भिडीयोमा कलाकार धु्रब जिसी र सिमान्ता बानियाँको अभिनय छ ।

पारिवारीक समस्यालाई उजागर गराउन खोजीएको गीतको छायांकन, निर्देशन र सम्पादन भुपेन बानियाले गर्नुभएको हो । कराते खेलाडी थापाले पहिलो पटक सांगीतीक क्षेत्रमा पाईला चालेका हुन् । उनी बेनीको माउन्ट एभरेष्ट आवासीय माविको कक्षा १० मा अध्ययनरत छन् ।