बेनीमा सेन्चुरी कमर्सियल बैंकको शाखा विस्तार

विकल्प न्यूज/बेनी
साउन २२ गते ।DSC_0032सेन्चुरी कमर्सियल बैंकले म्याग्दीको सदरमुकाम बेनीबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलबार बेनी नगरपालिका ८ न्यूरोडमा एक कार्यक्रमविच नयाँ शाखाको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ ले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

सेन्चुरी कमर्सियल बैंकको यो एकसय १२ औं शाखा हो । बेनी शाखाको उद्घाटन पछि बोल्दै बेनी नगरपालिकाका मेयर श्रेष्ठले सरल र सुलभ तरिकाले नागरिकहरुले वित्तिय सेवा पाउने अपेक्षा व्यक्त गर्नुभयो । वैंकहरुले उत्पादन मुलक क्षेत्रमा लगानी वढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले वित्तिय संस्थाहरुमा वित्तिय सुशासनको अभाव भएको बताउँदै वैंकहरुले जनतालाई सहज,सरल र वित्तिय सुशासनयुक्त सेवा प्रवाह गर्न सुझाव दिनुभयो । DSC_0029बैंकका अध्यक्ष श्रेष्ठले सेन्चुरी बैंकले हाइड्रो पावर, व्यवसायिक कृषि र अन्य व्यवसायिक क्षेत्रहरुलाई प्राथमिकतामा राखेर लगानी गरेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले म्याग्दीका उद्योगी,व्यवसायी र कृषकहरुलाई सहज तरिकाले सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुविन श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले बैंकले ग्राहक मैत्री सेवा प्रवाह गर्नका लागि सुझाव दिनुभएको थियो । DSC_0027बैंकका गण्डकी प्रदेश अन्तर्गत क्षेत्रीय कार्यालयका प्रमुख शेखर राज वास्ताकोटीको स्वागत संस्थापक शेयर सदस्य बेनीका युवा व्यवसायी इश्वरकुमार श्रेष्ठको सञ्चालन बैंकका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा जनप्रतिनिधि,बेनीका उद्योगी व्यापारी,कर्मचारी र अन्य सर्वसाधरणहरुको उपस्थिति थियो । बेनीका प्रतिस्ठीत युवा व्यवसायीहरु पनि बैंकको संस्थापक शेयर सदस्य हुनुहुन्छ ।

मंगलबारबाटै शाखाले कारोवार सुरु गरेको बैंकका बेनी शाखा प्रमुख मनोज दवाडीले बताउनुभयो । उद्घाटनको पहिलो दिनमै  करिब एकसय जनाले बैंकमा खाता खोलेको उहाँले बताउनुभयो ।