ताजा समाचार:
Search

गलेश्वरधाम दर्शन बोलको भजन गीत विमोचन

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, साउन २१ ।4  म्याग्दीका लोकगायक रवि कार्कीले हालै बजारमा ल्याएको गलेश्वरधाम दर्शन बोलको गीत सोमबार विमोचन भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको प्रस्तुतीमा गलेश्वर मन्दिरको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित गीत निर्माण गरिएको हो ।

साउने सोमबारको अवसर पारेर गलेश्वर मन्दिरमा एक कार्यक्रमकाबीच गीतको विमोचन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका संरक्षक समेत रहेका म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले कम्प्युटर रहेको गीत माउस क्लिक गरेर विमोचन गरेका हुन् । गीत विमोचन गर्दै प्रजिअ अधिकारीले गलेश्वरलाई धार्मिक पर्यटनको केन्द्र बनाउन आवश्यक प्रचारप्रसारमा जोड दिनुपर्ने बताएका थिए ।38269232_856412947877862_777879484236824576_n(1)

धौलागिरी क्षेत्रमा गाइने मौलिक भजनको लय रहेको गीतको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष प. भीमनाथ पराजुलीको शब्द सङ्कलन गरेका छन् । यसैगरी लय गायक स्वयं रवि कार्कीको रहेको छ भने स्वर रवि कार्की, तारानाथ आचार्य र ज्योती लोहनीको छ । गीतमा शिवजीको भेषमा खेम केसी र करिष्मा सुवेदी पार्वती बनेर नृत्य गरेका छन् । डिजिटल स्टार पोखराले दृश्य निर्माण गरेको गीतको निर्देशन तथा छायाङ्कन गणेश सापकोटाको रहेको छ भने सम्पादन सन्तोष सारु मगरले गरेका छन् ।

गीत विमोचन कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगर, क्षेत्र विकास कोषका उपाध्यक्ष भीमनाथ पराजुली, सचिव माधवप्रसाद रेग्मी, बेनी नगरपालिका–९, घतानका वडा अध्यक्ष बेलबहादुर चोखाल र कोषका पदाधिकारीको सहभागिता रहेको थियो । 38632561_1958375137551375_5113358436486086656_oगलेश्वर मन्दिरलाई गीतसङ्गीतको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने उद्देश्यले भजन समावेश गरेर गीत तयार गरिएको शब्द सङ्कलक प. पराजुलीले जानकारी दिए ।

हाँस्यव्यङ्ग्य गर्नेमा दख्खल राख्ने गायक कार्की सानैदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय छन् । उनले यसअघि आफ्नै पञ्चेबाजा गीत ‘बेनीबजारमा झर मायालु’ बजारमा ल्याइसकेका छन् । नेप्टेचौरमा जन्मिएका कार्की लोकगीत, लोकदोहोरी, हाँस्यव्यङ्ग्य र स्टेच प्रोग्रामहरुमा सहभागी हुँदै आएका छन् । गीतले म्याग्दी भ्रमण वर्ष–२०७५ को प्रचारप्रसार पनि सहयोग पुग्ने शिवालय क्षेत्र विकास कोषको भनाइ छ ।