ताजा समाचार:
Search

बेनी नगरपालिकाको कार्यालय भवनमा तला थप

विकल्प न्यूज/बेनी
साउन १९ गते । IMG_6870बेनी नगरपालिकाको भवनमा तला थप गरिएको छ । साबिक अर्थुङ्गगे गाविसको भवनबाट सञ्चालत हँुदै आएको भवनमा नगरपालिकाले दुई वटा तला थप गरेको हो । ठेक्का मार्फत तिन वटा कोठा र सभाहल निर्माण गरिएको नगरपालिकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले जानकारी दिनुभयो । सबै कोठा र सभाहलमा शौचालय समेत रहेको छ । भवनमा विद्युत, पानी, फर्नीचरको ब्यवस्थापन गरेर प्रयोगमा ईञ्जिनियर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार भवन निर्माणमा चालिस लाख रुपैया खर्च भएको छ । विषयगत शाखाको कार्यकक्ष, बैठक, तालीम र सभाका लागि हललाई प्रयोगमा ल्याउने नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । भौतिक पूर्वाधारको कमीका कारण सेवा प्रवाहमा समस्या भएपछि पहिलो नगरसभाले भवनमा तला थप्ने निर्णय र बजेट बिनियोजन गरेको थियो ।

यसैबीच बेनी नगरपालिका ७ स्थित खुल्ला मञ्चमा ८.६ मिटर अग्लो २९ मिटर लामो पक्कि पर्खाल निर्माण भएको छ । खेलमैदान विस्तारका लागि ठेक्का मार्फत चालीस लाख रुपैयाँमा २०.८ र उपभोक्ता समिति मार्फत १७ लाखमा ८.६ मिटर लामो पर्खाल निर्माण भएको छ ।

बेनी पाखापानी सडकको महारानी खण्डमा कालोपत्रे, कुरीलाखर्क र अर्थुङगेमा ढलान र पात्लेखेत क्षेत्रमा फराकीलो बनाइएको छ । रातो पहिरोमा ४६ लाख रुपैयाँको लागतमा फोहोर ब्यवस्थापन केन्द्र निर्माण कार्य सुरु भएको छ । सडक बोर्डको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लगानीमा विभिन्न ५ वटा ग्रामिण सडक स्तरोन्नती भएको छ । पचास लाख ईस्टिमेट गरिएको काम ठेक्का मार्फत ३२ लाखमा भएको ईञ्जिनियर कार्कीले बताउनुभयो । नेप्टेचौर गिठीनी पात्लेखेत, महारानीथान छाप ठुलोखोला, दूधेखोला भकिम्ली, नयाँगाउँ जगन्नाथ सडक स्तरोन्नतीका साथै कालीपुल बसपार्कको सडक छेउमा नाली निर्माण भएको छ ।