ताजा समाचार:
Search

ट्याक्सी सँगै म्याग्दी नदीमा बेपत्ता आमा छोराको पहिचान खुल्यो

विकल्प न्यूज/बेनी
म्याग्दी, १८ साउन । DSC_0002शुक्रबार मध्यान्न सदरमुकाम बेनीको खुल्लामञ्च नजिकबाट सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता भएका छन् । असुरक्षित ठाउँमा सिक्दै गरेको ट्याक्सीमा डाईभिङ सिक्ने हाल पर्वतको जलजला गाउँपालिकामा बस्ने बर्ष २५ की शोभा अधिकारी खाती र उनीसंगै बसेका ८ बर्षका छोरा सागर खाती बेपत्ता भएका हुन् ।
म्याग्दीको मंगला गाउँपालिका २ बावियाँचौर गर भई हाल पर्वतको जलजला गाउँपालिका २ बौर बस्दै आएकी थिईन । ध १ ज २५१ नम्बरको ट्याक्सी नदीमा खसेको थियो । अधिकारीले जिल्ला प्रहरी कार्यालय अगाडी रहेको न्यू बेनी डाईभिङ्ग इन्सिटच्यूटबाट सिक्दै आएकी थिईन । बहुउद्देश्यीय मैदानमा रहेको कृषि उपज केन्द अगाडी सिक्दै गरेकी अधिकारीको ट्याक्सी ब्याक गर्ने क्रममा खसेको प्रत्यक्षदर्शीको भनाई छ ।
ट्याक्सी खोलामा खसे लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली म्याग्दी नदी र कालीगण्डकी नदीमा खोजेपनि भेट्न नसकिएको प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जानकारी दिनुभयो । असुरक्षित रुपमा ट्याक्सी चलाउदा अप्रिय घटना भएको हुदाँ सो ठाउँमा सवारी साधन सिक्न नदिने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो । ट्याक्सी म्याग्दी नदी हँुदै कालिगण्डकीमा बगेको हुदाँ बेपता ट्याक्सीको खोजीकार्यका लागि छिमेकी जिल्ला पर्वतको प्रहरीसंग सहकार्य गरिएको प्रहरीले जनाएको छ ।