सिक्दै गरेको ट्याक्सी म्याग्दी नदिमा खस्दा अामा छाेरा वेपत्ता

धिरन खत्री / वेनि
म्याग्दी, १८ साउन ।IMG_1178
सदरमुकाम बेनीको खुल्लामञ्च नजिकबाट सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता भएका छन् ।

असुरक्षित ठाउँमा सिक्दै गरेको ट्याक्सीमा डाईभिङ सिक्ने पर्वत जलजला गाउँपालिकामा बस्ने बर्ष २५ की शोभा अधिकारी र उनका ७ बर्षका छोरा बेपत्ता भएका हुन् ।
अधिकारीले जिल्ला प्रहरी कार्यालय अगाडी रहेको न्यू बेनी डाईभिङ्ग इन्सिटच्यूटबाट सिक्दै आएकी थिईन । बहुउद्देश्यीय मैदानमा रहेको कृषि उपज केन्द अगाडी सिक्दै गरेकी अधिकारीको ट्याक्सी ब्याक गर्ने क्रममा खसेको देख्ने दर्शकले बताएका छन् ।

ट्याक्सी खोलामा खसे लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली म्याग्दी नदी र कालीगण्डकी नदीमा खोजेपनि भेट्न नसकिएको प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जानकारी दिए ।

असुरक्षित रुपमा ट्याक्सी चलाउदा अप्रिय घटना भएको हुदाँ सो ठाउँमा सवारी साधन सिक्न नदिने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

ट्याक्सी म्याग्दी नदी हुदै कालिगण्डकीमा बगेको हुदाँ बेपता ट्याक्सीको खोजीकार्यका लागि छिमेकी जिल्ला पर्वतको प्रहरीसंग सहकार्य गरेको छ ।