ताजा समाचार:
Search

जलजला पहिरो पीडितलाई सहयोग

विकल्प न्यूज/जलजला
साउन १७ गते ।P1022415बाढी र पहिरोका कारण समस्यामा परेका स्थानीय जलजला गाउँपालिकाका पीडितलाई लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ बी अन्तर्गतका लायन्स क्बलले आर्थिक र खाद्य सामाग्री सहयोग गरेका छन् ।

लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ बीअन्तर्गका सदस्यबाट रु दुई लाख २४ हजार, कुस्मास्थित लायन्स क्लबबाट रु २५ हजार गरी रु २ लाख ५० हजार पीडितको सामूहिक आवास निर्माणका लागि सहयोग गरिएको हो । त्यसैगरी लायन्स क्लब अफ पोखरा अन्नपूर्णले रु एक लाखभन्दा बढीको खाद्य सामाग्री र त्रिपाल वितरण गरेको छ ।

बाढी पहिरोपीडितका लागि संकलन गरिएको नगद र खाद्य सामाग्री जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ललाई हस्तान्तरण गरिएको छ । अध्यक्ष मल्ललाई लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ बीका चिफ डिस्ट्रिक्ट एड्भाइजर काशीकुमार जोशी, डिस्ट्रिक्ट डिसेवल एड डिर्पाटमेन्ट चिफ सोनाम स्याङपो, सिनियर डिस्ट्रिक्ट एड्भाइजर दिनबन्धु पौडेललगायतले संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको थियो ।

गत साउन १ गते राति जलजला गाउँपालिका– ७ र ८ मा गएको बाढी पहिरोमा परी एक जनाको ज्यान गएको थियो भने १४ घर पूर्णरुपमा विस्थापित बनेका थिए । लस्तीखोलामा भएको कटान र अन्य क्षेत्रमा गएको पहिरोका कारण धेरै घरपरिवार जोखिममा छन् ।

बाढी पहिरोमा परेर घरबारबिहीन भएका आफन्त र स्थानीय निजी विद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । पहिरो गएको जलजला–८ बेरनेटामा घर बनाउने जमिनसमेत नभएका कारण पीडित सुकुम्वासी दलितका लागि अहिले सुरक्षित स्थान र सामूहिक आवासको आवश्यकता खटकेको छ ।