ताजा समाचार:
Search

आर्थिक अभावका कारण १० वर्ष देखि उपचारबाट बञ्चित

अमित बिश्वकर्मा/विकल्प न्यूज
म्याग्दी, साउन १७20180802_152945म्याग्दीको मंगला गाउँपालिका ५ सिर्कुमका धनेश बिश्वकर्माको दाहिने खुट्टामा चोट लागेको १० बर्ष हुँदा पनि उपचार नहँुदा समस्या भएको छ । उहाँ ८ बर्षको हुँदा पानि टयाङकीको ढकनीले च्यापीएर खुट्टामा चोट लागेको थियो । परिवारको आर्थिक अबस्था कमजोर भइ उपचार गराउन नसक्दा हाल आएर झनै समस्या देखीएको छ ।

आफु बच्चै छदा बाबाले छोडेर भारत गएपछि धनेशलाइ आमा ओमदेबी बिश्वकर्माले निमेक गरेरै हुर्काउनु भएको थियो । १८ बर्षको उमेरमा हिडडुल गर्न समेत गाह्रो भएपछि उहाँ चिन्तित बन्नु भएको छ । हाल उहाँको दाहिने खुट्टाको पैतला नेरको हडडी बाङगीएर बाहीर निस्किएको छ र टिघ्राको भाग पनि सानो हँुदै गएको छ ।

१ बर्ष अगाडी हरियोखर्क अस्पताल पोखरामा उपचार गराउँदा हडडी सोजाउन भन्दै जुत्ता दिइएको थियो तर त्यस पछि पनि समस्या उस्तै भए पछि गण्डकी अस्पताल पोखरामा चेक गराउदा अपे्रसन गर्नु पर्ने सल्लाह दिइएको छ ।

“काम नगरी खानु छैन, हुर्किएको छोराको खुट्टामा यस्तो समस्या आएको छ, पैसा छैन कसरी उपचार गर्ने” धनेशकी आमा ओमदेबीले भन्नुभयो । काम गर्ने पैसा कमाउने र आमालाइ केही सुखमा राख्ने सपना सजाएको थिएँ, तर खुट्टा दुख्दा र हिडन पनि गाह्रो हुन थाले पछि सबै सपना अधुरै हुन्छकी जस्तै महशुस भएको छ गहभरी आँसु पार्दै उहाँले भन्नु भयो “मेरो उपचारमा सहयोग गरिदिनुस, अब मेरो जिन्दगी तपाइहरुकै भरोसामा छ” ।

परिवारको आर्थिक अबस्था अत्यन्तै कमजोर भएको र उपचारमा धेरै पैसा लाग्ने भएको हुँदा सहयोग गरिदिन देश बिदेशमा रहेका सबै नेपालहरु संग बिश्वकर्मा परिवारले अपिल गरेको छ ।