ताजा समाचार:
Search

नदी नियन्त्रणपछि दरवाङबासीलाई राहत

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १० साउन ।IMG_7367म्याग्दी नदीको कटान नियन्त्रण भएपछि म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङका बासिन्दाले सुरक्षित महशुस गरेका छन् ।

                      गाउँपालिकाले सुरु गरेको कामलाई पूर्णता दिन सांसद थापाको साथ

पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटान नियन्त्रणका लागि किनारमा पक्कि र ग्यावियन पर्खाल निर्माण भएपछि राहत महशुस गरेका हुन् । विगतका वर्षमा ठूलो बर्षा हुदाँ बर्खा याममा त्रासमा रात विताउने दरवाङबासी यसपालि ढुक्कसंग निदाउन पाएका स्थानीय भुमिराज सुनारले बताउनुभयो ।darbang-bazar“म्याग्दी नदीले कटान गरेर बस्तीमा पस्ने त्रासले बर्खाका तिन महिना त्रासमा रात विताउने गरिएको थियो” सुनारले भन्नुभयो । गाउँपालिका, जलउत्पन्न प्रकोप ब्यवस्थापन कार्यालय बागलुङको सहयोगमा स्थानीयबासीले ५८ लाख ८५ हजार रुपैयाको लागतमा नदी नियन्त्रण योजना निर्माण गरेका हुन् ।

नदी किनारमा ४० मिटर पक्कि पर्खाल र २२८ थान ग्यावियन पर्खाल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष गोपाल गौतमले बताउनुभयो । गाउँपालिकाको १८ लाख रुपैया सहयोगमा ४० मिटर लम्बाई र दुई मिटर ८० सेन्टिमिटर उचाई भएको मेसीनरी वाल (पक्कि पर्खाल) निर्माण गरिएको छ ।

जगमा साढे २ मिटर चौडाई भएको पर्खालको माथिल्लो भागको चौडाई ६० सेन्टि मिटर छ । अध्यक्ष गौतमका अनुसार दरवाङका २५० घरधुरीले दुई लाख सात हजार रुपैया बराबरको श्रमदान गरेका छन् । गत वर्षको साउनमा म्याग्दी नदीमा आएको बाढीले बस्तीतर्फ कटान गरेको थियो ।

जलउत्पन्न प्रकोप ब्यवस्थापन डिभिजन कार्यालय बागलुङको सहयोगमा दुई चरणमा २२८ थान ग्यावीयन पर्खाल निर्माण गरिएको छ । पहिलो चरणमा पन्ध्र लाख रुपैयाको लगानीमा २०७४ पुषमा ११४ थान ग्यावियन पर्खाल निर्माण भएको थियो ।

प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापाको पहलमा असारमा जलउत्पन्न प्रकोप ब्यवस्थापन कार्यालयबाट प्राप्त थप पन्ध्र लाख रुपैया बजेटबाट ११४ थान जाली लगाइएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

“सांसद थापाले पहल गरेर आर्थिक वर्षको अन्तमा बजेट आएपनि हामीले निर्धारीत समयमै काम सम्पन्न गरेका छौ” अध्यक्ष गौतमले भन्नुभयो । म्याग्दी उद्योग वाणिज्य संघ दरवाङ ईकाईको तिस हजार र पश्चिम म्याग्दी युवा कल्वको पचास हजार रुपैया लगानीमा पाँच मिटर पक्कि पर्खाल निर्माण भएको छ ।

म्याग्दी जिल्लाको दोस्रो ब्यापारीक केन्द्रको रुपमा परिचित दरवाङ बजारलाई सुरक्षित बनाउन थप पचास लाख बजेट आवश्यक पर्ने वडा अध्यक्ष सन्तनाथ सुवेदीले बताउनुभयो । दरवाङ बजारमा २५० घरको बसोबास छ । यस वर्ष थप बजेटको ब्यवस्था गरेर नदी नियन्त्रण योजनालाई पूर्णता दिइने गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभएको छ ।

यसैबीच सांसद थापाको पहलमा रकमान्तर भएर मालिका गाउँपालिका ४ को फुलबारी बस्ती संरक्षणका लागि पाँच लाख, बेनपा २ बगरफाँटमा पाँच लाख, बेनपा १ सारेमारे र सिममा पाँच÷पाँच लाख र अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा बाढी नियन्त्रणका लागि पाँच लाख रुपैया बजेट प्राप्त भएकोमा सबै काम सम्पन्न भएका छन् । पर्यटन मन्त्रालयबाट रकमान्तर गरेर पठाईको छ लाखबाट रत्नेचौर, ज्यामरुककोट, भकिम्ली स्वर्गाश्रम र दश लाख रुपैयाबाट चिमखोला क्षेत्रमा धौलागिरी आधार शिवीर जाने पदमार्ग निर्माण भएको सांसद थापाले बताउनुभयो ।