म्याग्दी क्याम्पसमा कफी खेती

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १५ साउन । IMG_7520बेनीमा समुदाय स्तरबाट सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले आयस्रोत जुटाउने उद्देश्यले व्यवसायिक कफी खेती सुरु गरेको छ ।

निजामती कर्मचारीका सहिद मनोज जोशी र झपेन्द्र कार्कीको स्मृति दिवसको अवसरमा मंगलबार नेपाल निजामती कर्मचारी संगठन र क्याम्पसको संयुक्त आयोजनामा कफी खेतीको सुरुवात गरिएको हो ।

कफीका बिरुवा रोपण कार्यक्रमको सुरुवात गर्दै प्रदेश सांसद बिनोद केसीले दिवसहरुलाई औपचारीकतामा सिमीत नराखी उत्पादनशिल र रचनात्मक कामका लागि उपयोग गर्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले खेर गएको पाखोलाई कफी खेती गरेर उपयोग र आम्दानी बढाउने म्याग्दी क्याम्पसको प्रशंसनीय कार्य भएको बताउनुभयो ।IMG_7530प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले राज्यका सबै शक्ति अब आयात प्रतिस्प्थापन र निर्यात प्रर्वद्धनमा सहयोग पुग्ने क्रियाकलापमा अग्रसर हुनुपर्ने बताउनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले पहिलो चरणमा चार सय बिरुवा रोपीएको जानकारी दिदै क्याम्पस परिसरको ४५ रोपनी जग्गामा व्यवसायिक किफी खेती गरेर आयस्रोत बनाउने उद्देश्य रहेको बताउनुभयो ।

कृषि प्राबिधिकले सम्भाव्यत्ता अध्ययन गरेर सिफारिस गरेपछि कफि खेती सुरु गरिएको क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताउनुभयो । ओसेपिलो ठाउँमा हुने कफिका बिरुवा लगाएको तिन वर्षपछि उत्पादन दिन सुरु गर्छ । कफिका बिरुवा रोपण कार्यमा कर्मचारी, जनप्रतिनिधि, क्याम्पसका प्रध्यापक, विद्यार्थीका साथै प्रहरी र श्रीबक्स गुल्मका सैनीकहरुले सहयोग गरेका थिए ।IMG_7533नेपाल निजामती कर्मचारी संगठन म्याग्दीका अध्यक्ष भोजबहादुर थापाको अध्यक्षता, सहसचिव भविराम किसानको सञ्चालन र उपाध्यक्ष चित्रनाथ शर्माको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबीच म्याग्दी बहुमुखी क्याम्पसमा प्राध्यापक, कर्मचारी, विद्यार्थी र बाह्य मानिसहरुको गतिबिधिलाई निगरानी गर्न सिसीटिभी क्यामेरा जडान गर्न सुरु भएको छ ।

१६ वटा क्यामेरा जडान गर्ने लक्ष्य राखिएकोमा तिन वटा जडान भइसकेको छ । क्याम्पसका प्राध्यापकहरु तोकिएको समयसम्म कक्षा कोठा र कार्यालयमा नबस्ने, विद्यार्थीहरुको उच्छीङखल गतिबिधिलाई नियन्त्रणका लागि सिसीटिभी क्यामेरा जडान गर्न लागिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
वि.स २०४८ मा स्थापना भएको समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहसम्मको पठनपाठन हुन्छ । हाल एक हजार जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।