ताजा समाचार:
Search

बेनीका ज्येष्ठ नागरिक केसीद्धारा धाईरीङ स्वास्थ्य चौकीलाई एकलाख सहयोग

विकल्प न्यूज/जलजला
साउन १४ गते । 37994064_500026507069366_4772762582110961664_nजलजला गाउँपालिका ७ धाईरीङ स्थित स्वास्थ्य चौकीको भवन निर्माणका लागि एक जेष्ठ नागरिकले सोमबार एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ ।

धाईरीङ घर भई हाल म्याग्दीको बेनी नगरपालीका ७ शान्ति टोली निवासी ९० वर्षिय बोमबहादुर केसीले एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको हो । वयोवृद्ध केसीले सोमबारनै मिलनचोक आमा समूहलाई दशहजार रुपैयाँ नगद सहयोग गर्नुभएको उहाँका छोरा शेरबहादुर केसीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष टुङ्गनाथ आचार्यका अनुसार स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न सहयोग संकलन अभियान सञ्चालन गरिएको छ । बिस लाख रुपैयाँमा सल्यानमा दुई रोपनी जग्गा खरिद भइसकेको छ । यस अघि धाइरिङ सल्यानका तुलसीराम उपाध्यायको परिवारले एक लाखपाँचहजार रुपैयाँ सहयोग गर्नुभएको थियो । 38053506_500026770402673_7655068851888979968_nसल्यानकै मोतिलालउपाध्यायको परिवारबाट ७७हजार ७७७,पुस्पराजपौडेल ७५ हजार १७५, टिकाबल्भ उपाध्याय७५ हजार १५५,कुलपतिउपाध्याय २५ हजार ५ ,प्रमानन्दआचार्य २५ हजार पाँच, रत्नवहादुर केसी २५ हजार पाँच,नारायण प्रसाद उपाध्याय २० हजार पाँच,मनवहादुर दमाई २० हजार पाँचसय र बलभद्र गिरी १५ हजार एकसय ५५ रुपियाँ सहयोग गर्नुभएको छ ।

त्यस्तै धर्म गिरि १५ हजार एकसय ५५,टेक नारायण आचार्य,१५ हजार एकसय७७,माधवप्रसाद आचार्य १५ हजार पाँच,हिमलाल रिजाल १५ हजार एकसयपाँच,खिमप्रसाद पौडेल १५ हजार एकसय ५५,केशवपौडेल १५ हजार,टेक बहादुर हमाल १५ हजार,खिम प्रसाद पौडेल १५ हजार,उमानाथपौडेल ३० हजार,वेदनाथआचार्य(गोपाल) १५ हजार,रमेश आचार्य १५ हजार,कृष्ण प्रसाद आचार्य १५ हजार,लालकुमारी गिरि १५ हजार पचास,लालवहादुर विक १५ हजार १५,यामलालविक १५ हजार ५५,होम वहादुर खत्री १५ हजार पाँचसय ५ र महानन्दपौडेल,१५ हजार सहयोग प्राप्तभएको छ ।

यसै गरि नन्दलालशर्मा १५ हजार पाँच,गणेश आचार्य १५ हजार,प्रकाशआचार्य १५ हजार,हरिप्रसाद पौडेल,१५ हजार,पुरुसोत्तम सुवेदी १५ हजार,वुद्धिप्रसाद सुवेदी १५ हजार,कृष्ण सुवेदी १५ हजार,धर्म आचार्य १५ हजार,शेषकान्तआचार्य १७हजार पाँच,लालकुमारी गिरि १५ हजार पाँच सय ५५,गौरीश्वर उपाध्याय १५ हजार,नारायणदत्त शर्मा १५ हजार,कमलापतिआचार्य एकहजार,शिवपौडेल १५ हजार,चन्द्र वहादुर विक १५ हजार ५५ रुपियाँ सहयोग गर्नुभएको छ ।
गाउँमा सुविधा सम्पन्न स्वास्थ्यको नयाँ भवनभन्ने भएपछि गाउँलेहरुले उत्साहित भएर सहयोग गरेको आर्थिक सहयोग संकलन अभियानका सदस्य हरिप्रसाद आचार्यले बताउनुभयो । देश तथा विदेशमा रहेका धाइरिङ वासीहरुलाई सहयोगका लागि आह्वान गरिएको आचार्यले बताउनुभयो ।