मोना हङकङद्धारा म्याग्दी भ्रमण वर्षलाई ५० हजार सहयोग

विकल्प न्यूज/बेनी
साउन १४ गते । DSC_0039 म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल पार्नका लागि मोना हङकङले ५० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
सोमवार म्याग्दी उद्योग वाणिज्य संघद्धारा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा मोना हङकङका सल्लाहकार वम वहादुर विश्वकर्माले उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

साथै सल्लाहकार विश्वकर्माले व्यक्तिगत रुपमा भ्रमण वर्ष पाँचहजार रुपियाँ सहयोग समेत उपलब्ध गराउनुभएको छ ।
कार्यक्रममा उवासंघका अध्यक्ष कर्माचार्यले म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल पार्नका लागि प्रवासी म्याग्देलीहरुको महत्वपूर्ण भूमिकाको अपेक्षा गरिएको बताउनुभयो । DSC_0040रोजगारीको शिलशिलामा विश्वका जुनसुकै मुलुकमा गएपनि म्याग्दीको विकास र समृद्धिका लागि सक्दो सहयोग गर्ने मोना हङकङका सल्लाहकार विश्वकर्माले बताउनुभयो । म्याग्दी भ्रमण वर्षलाई भव्य रुपमा सफल पार्नका लागि सक्दो सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उवासंघका महासचिव लिलाराम गौतमको सञ्चालन,अध्यक्ष कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका निर्वतमान अध्यक्ष जिवन वहादुर विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, द्धितिय उपाध्यक्ष राजेश शाक्य र मोनाहङकङद्धारा स्थापित शैक्षिक कोषका सचिव रमेश गिरी लगायतको उपस्थिति रहेको थियो ।