ताजा समाचार:
Search

लायन्सको परोपकारी कार्य ः बेनी पिस सिटीद्धारा ज्येष्ठ नागरिकलाई भोजन

विकल्प न्यूज/बेनी
साउन १४ गते । DSC_0024 लायन्स क्लब अफ बेनी पिस सिटीले गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रममा वसोवास गर्नुहुने ज्येष्ठ नागरिकहरुलाई निशुल्क भोजन गराएको छ ।

बेनी पिस सिटीमा आवद्ध लायन्स सदस्यहरु सोमबार आश्रममा पुगेर बृद्धबृद्धाहरुलाई भोजन गराएका हुन । २२ हजार रुपियाँ नगद अन्नक्षेत्रलाई उपलब्ध गराएर ५० जना ज्येष्ठ नागरिकहरुलाई खिर,अचार र दहीको भोजन गराएको पिस सिटीका अध्यक्ष लोकेश मगरले बताउनुभयो ।DSC_0031आश्रममा वासावास गर्नुहुने ज्येष्ठ नागरिकहरुलाई एकछाक भएपनि निशुल्क भोजन गराउँदा आफूहरुलाई आत्मसन्तुष्टी मिलेको अध्यक्ष मगरले बताउनुभयो । कार्यक्रममा पिस सिटीका पूर्व अध्यक्ष एवम् समाजसेवी राजेश शाक्य, सिनियर एओजी एनजेएफ लायन सन्तोष रावल लगायत लायन्स सदस्यहरुको उपस्थिति रहेको थियो ।

गलेश्वर जेष्ठ नागरिक आश्रम परिसरमा रहेको अन्नक्षेत्रले आश्रममा रहेका जेष्ठ नागरिक, संस्कृत विद्यालयका विद्यार्थीसंगै तिर्थयात्रीहरुलाई समेत निःशुल्क रुपमा खाना खुवाउने व्यवस्था गर्दै आएको छ ।