जलजलाको शालिजामा नेकपा निकट युवाहरुको संयुक्त भेला सम्पन्न

विकल्प न्यूज/बेनी
साउृन १३ गते ।  38029505_1725079604207834_8858991336494202880_nपर्वतको उत्तरी जलजला गाउँपालिका ६ शालिजामा नेपाल कम्युनिष्ट (नेकपा) पार्टी निकट युवाहरुको भेला शनिबार सम्पन्न भएको छ ।

युवा संघ नेपाल र वाईसीएलमा आवद्ध युवाहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रिय सचिव सन्तोष रावलले युवाहरु अनुशासित र जिम्मेवार भएर नयाँ नेपाल निर्माण अभियानमा लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले वर्तमान सरकार मुलुकको आर्थिक विकास समृद्धिका लागि ठोस योजनाका साथ अघि वढेको बताउँदै युवाहरुले विकास निर्माणमा हुने अनियमितता र ढिलासुस्तीलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । 37953424_1725079974207797_8671765053407494144_nउहांले लामो सयमदेखिको नेपाली जनताले स्थिर सरकार चाहेको र त्यसअनुसारको सरकार गठन भएको बताउँदै सचिव रावलले नेपालको समृद्धि र समानता सहितको समाज निर्माण गर्ने अभियान कम्यूनिष्ट सरकारले मात्र पुरा गर्ने भनाई राख्नु भयो ।

कार्यक्रममा नेकपा नेता यज्ञ सुवेदीले स्थानीय तहमा हुने विकास निर्माणका काममा कम्यूनिष्ट कार्यकर्ताहरु पारदर्शि भएर लाग्नुपर्ने धारणा राख्नुभयो । नेता सुवेदीले स्थानीय तहद्धारा विनियोजन गरिएका विकास निर्माणलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि युवाहरुको ठूलो भूमिका हुने बताउनुभयो ।

भेलामा म्याग्दी नेकपाका नेता चन्द्र कुमार केसी, नेकपा पर्वतका नेता टुङ्गनाथ पौडेल, लेखफांटका वडा अध्यक्ष तिलक जिसी, शालिजाका होम बहादुर फकामी, युवा नेता विकास गिरी र कृष्ण पौडेल लगायतले बोल्नु भएको थियो ।

भेलाले आगामी भदौंमा युवाहरुलाई राजनैतिक र वैचारिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेगरि योजना बनाएको विकास गिरीले जानकारी दिनुभयो । भेलामा लेखफाँट र शालिजाका युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन पूर्ख पुर्जा,स्वागत मनोहर परियार र अध्यक्षता दिपक खोर्रजाले गर्नुभएको थियो ।