गलेश्वरमा पहिलो दिन १५ हजार भक्तजनले पूजाअर्चना गरे

प्रताप बानियाँ/ विकल्प
म्याग्दी, साउन ७ ।IMG_9331म्याग्दीको बेनी नगरपाविकल्प गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम मन्दिरमा भक्तजनहरुले घुइँचो लागेको छ ।

यसवर्ष साउन महिनाको पहिलो सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट करिब १५ हजार दर्शनार्थी भक्तजनहरुले शिवालयमा पुजाआजा गरेका छन् ।IMG_9327 गलेश्वर शिवालय मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, रुपन्देही, चितवन र सर्लाही जिल्लाबाट भक्तजनहरु आएर पूजाअर्चना गर्नुका साथै दर्शन गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

यसवर्षको पहिलो दिन विगतका वर्षको साउनको पहिलो सोमबारभन्दा भक्तजनहरुको सङ्ख्या घट्न गएको क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए । IMG_9342गाउँघरमा कामको चटारो, वर्षात्को समय, चारवटा सोमबार मात्र पर्नु, यातायातको असुविधा जस्ता कारणले गर्दा भक्तजनको आवागमनमा कमी आएको कार्यालय सचिव बानियाँको भनाइ छ ।IMG_9358विगतका वर्षहरुमा पहिलो दिनमै झण्डै २० हजारभन्दा बढी श्रद्धालु भक्तजनहरुको उपस्थिति हुने गरेको थियो । गलेश्वर मन्दिरको दर्शन गर्न आउने भक्तजनहरुलाई लक्षित गरेर क्षेत्र विकास कोषले सहज पुजाआजाको व्यवस्थापन मिलाएको थियो ।IMG_9339भक्तजनहरुले अबिर, धजा, फुलप्रसाद चढाएर धुपबत्ती बालेर नरिबलले पुजा गरेका थिए ।
पुजा व्यवस्थापनमा नेपाल प्रहरी, सामुदायिक सेवा केन्द्र, कालीगण्डकी तथा गलेश्वर आमा समूह, न्यु वेष्ट प्वोइन्ट र गलेश्वर आदर्श बोर्डिङ स्कुल तथा गलेश्वर युवा क्लबले स्वयंसेवा गरेका थिए ।

मन्दिर परिसरमा भक्तजनको सुरक्षाका लागि सिसीटिभी क्यामेरा जडान गरिएको छ ।
पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।

IMG_9321मन्दिरमा सङ्कलित भेट्टी पूर्वाधार विस्तार, जेष्ठनागरिक तथा कर्मचारी व्यवस्थापनसहित विभिन्न धार्मिक कार्यमा खर्च गरिन्छ । सत्य युगमा पार्वतीको गला पतन भएको मानिने गलेश्वर मुक्तिनाथ क्षेत्र प्रवेशद्धारको रुपमा रहेको छ । IMG_9327खासगरी साउन महिना र सोमबारको दिनलाई भगवान् शिवको प्रिय महिना र दिनका रुपमा मान्ने गरिन्छ । सोमबारको दिन ब्रत बस्ने तथा शिवालय पुगेर पुजाआजा गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहिआएको छ । साउन महिनामा विवाहित महिलाहरु आफ्नो श्रीमान्को दिर्घायु र अविवाहितहरु योग्य वरको कामनासहित हरियो चुरासहितको पहिरनमा सजिएर शिवालय जाने गर्दछन् ।