ताजा समाचार:
Search

सांसद केसीद्वारा यातायात क्षेत्रलाई व्यवस्थित गर्न ध्यानाकर्षण

विकल्प न्यूज/बेनी
साउन ५ गते । binod kcगण्डकी प्रदेशका सांसद विनोद केसीले यातायात क्षेत्रलाई ब्यवस्थीत बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबार बसेको गण्डकी प्रदेशको प्रदेश सभामा विशेष समय लिएर बोल्दै सांसद केसीले सार्वजनिक यातायात क्षेत्रलाई ब्यवस्थित बनाउन ध्यानाकर्षण गराउनुभएको हो ।

संघिय सरकारले यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाउन सुरु गरेको पहल सकारात्मक रहेपनि ब्यवस्थापनको पक्ष कमजोर देखिएको भन्दै सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने सांसद केसीको भनाई थियो । यातायात ब्यवस्था कार्यालयमा सेवा लिँदा कमिशनको चलखेल हुने गरेको गुनासो बढेको भन्दै केसीले व्यवसायीहरुलाई सरल सहज तवरले सेवा लिने वातावरण बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सरकारले सिण्डिकेट हटाएको घोषणा गरेपनि पटके अनुमतिलाई ब्यवस्थित बनाउन नसक्नु, बैधानिक तवरले अनुमति नदिनुले सार्वजनिक यातायात सेवा कमजोर हँुदै गएको बताउदै यथाशिघ्र समस्याको समाधान गर्न माग गरेका थिए ।