ताजा समाचार:
Search

बेनी नगरपालिकाको ९१.३३ प्रतिशत बजेट खर्च

सन्दिप शर्मा/विकल्प न्यूज
साउन ४ गते । beni nagarpalika
बेनी नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा ९१.३३ प्रतिशत बजेट खर्च गरेको छ । सामाजिक सुरक्षा भत्ता सहित ४८ करोड ८८ लाख ३८ हजार बजेट बिनियोजन भएकोमा ४४ करोड ६४ लाख ४८ हजार ९ सय ४७.१८ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

चालु तर्फ ३३ करोड ७८ लाख ३८ हजार रुपैयाँ बजेट रहेकोमा ३० करोड ७७ लाख ७४ हजार ३ सय ९५ रुपौयाँ खर्च भएको छ । त्यसैगरी पुँजीगत तर्फ १५ करोड १० लाख रुपैयाँ बजेट रहेकोमा १३ करोड ८६ लाख ७४ हजार ५ सय ५२ रुपैयाँ खर्च भएको छ । चालुतर्फ ९१ र पुजीगततर्फ ९२ प्रतिशत बजेट खर्च भएको बेनी नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।

यसैबीच आर्थिक वर्ष २०७४÷७५ मा नगरपालिकाले ३ सय ९१ वटा योजना तथा कार्यक्रमका लागि पुजीगत तर्फको बजेट बिनियोजन गरेकोमा ३८७ योजना सम्पन्न भएको छ । २ वटा योजना सम्झौता भएर पनि काम भएका छैन्न् भने २ वटा योजना सम्पन्न भई सके पनि सडकबोर्डबाट भुक्तानी नआएकाले बाकी रहेको नगरपालिकाको योजना शाखाका कर्मचारी चन्द्रदत्त शर्माले बताउनुभयो ।

योजना सम्झौता भएर पनि काम नहुनेमा जगन्नाथ मन्दिरको भ्यूटावर निर्माण तथा नमुना सडक स्तरउन्नती कालोपत्रे बेनी नगरपालिका वडा नम्बर ६ को रहेको छ । र काम सम्पन्न भएर पनि भुक्तानी नपाउनेमा महारानी थान छापा डाडाखेत सडक र दुधेखोला, भकिम्ली तथा स्र्वागाश्रम सडक आयोजना रहेका छन् ।