लुलाङमा खेलमैदानको पर्खाल भत्कीदा पहिरोको जोखिम

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३१ असार ।Lulang Pahairo 1म्याग्दीको धवलागिरी गाउँपालिका २ लुलाङमा खेलमैदानको पर्खाल भत्कीएर पहिरो जाँदा एक घर पुरीएको छ । लुलाङ आधारभुत विद्यालय परिसरको खेलमैदानको डिलमा लगाइएको ग्यावियन पर्खाल भत्कीदा शनिबार साँझ स्थानीय भिमप्रसाद कुमाईको घर पुरीएर क्षति पुगेको हो । भागेर ज्यान जोजाएका कुमाईको परिवार छिमेकी र आफन्तकोमा आश्रय लिएर बसेका छन् । अबिरल बर्खासंगै पर्खाल भत्कीएर पहिरो जाँदा विद्यालयको कक्षा कोठा भवन र थप पाँच वटा घर समेत जोखिममा परेका शिक्षक बिजय रसाईलीले बताउनुभयो ।

भिरालो भुगोलमा अवस्थित सो स्थानमा पाखोबाट आउने भल तर्काएर पहिरो रोकथामको पहल गरिएपनि सफल भएको छैन् । गाउँपालिका र बेल्जीयमको एक संस्थाको सहयोगमा खेलमैदान संरक्षणका लागि ग्यावीयन पर्खाल निर्माण भएको थियो ।