अर्मनमा सार्वजनिक सुनुवाई

ठाकुरप्रसाद आचार्य/निर्मल खत्री
असार ३० गते । DSC_0126
म्याग्दीको मंलगा गाउँपालिका ५ अर्मनमा शुक्रवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन गरेर विकास गतिबिधि, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सर्वसाधारणको गुनासो, सुझाव, अपेक्षा बुझ्ने, गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।DSC_0097

कार्यक्रममा चालु आर्थिक वर्षमा वडाको सिफारिसमा ५४ वटा योजनामा गाउँपालिकाबाट एककरोड ७५ लाख ८५ हजार रुपियाँ विनियोजन भई अधिकांश योजनाहरु सम्पन्न भएको वडा सचिव चित्रराज आचार्यले प्रस्तुत गर्नुभएको थियो । कृषि जेटिए सिमा सुवेदी, स्वास्थ्यका यामप्रसाद पराजुली,सुआहारा कार्यक्रम संयोजक भिमकुमारी वुढाथोकीले आ–आफ्नो कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अर्मनका सर्वसाधारणहरुले कृषि,स्वास्थ्य,खानेपानी,सडक र शिक्षाका समस्याहरु राखेका थिए । शून्य दरबन्दिमा सञ्चालीत सामुदायिक विद्यालयमा शिक्षक, अनुदानको व्यवस्था गर्नुपर्ने, गाउँका सवै स्थानमा विद्युतीकरण गर्नुपर्ने,कृषि र पशुपालनलाई प्राथमिकता दिनुपर्ने र गाउँमा महिलाहरुद्धारा सञ्चालित सहकारीहरुको भौतिक पूर्वाधारमा गाउँपालिकाले सहयोग गर्नुपर्ने लगायतका विषयमा सर्वसाधारणहरुले प्रश्न र सुझाव राखेका थिए ।

सर्वजनिक सुनुवाई कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष सिर्जना केसीले गाउँपालिकाको विकास र समृद्धिका लागि कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो । शुन्य दरवान्दी भएका विद्यालयहरुको सहयोगका लागि गाउँपालिकाले आगमी वर्ष दखि प्रत्येक विद्यालयका एकजना शिक्षकको तलबको ८० प्रतिशत गाउँपालिकाले अनुदान दिने व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले अर्मनका सवै घरमा विजुली पु¥याउनका लागि प्रदेश सरकार सँग समन्वय गरिएको बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य शुशिला फगामीले मंगलाको विकास र समृद्धिका लागि जनचाहना बमोजिम काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बजेट बिनियोजन भएका योजनाको प्रभावकारी कार्यान्वयन, दिगो र गुणस्तरीय विकासमा जोड दिदै जनप्रतिनिधि, कर्मचारी र समुदाय मिलेर विकासमा सहकार्य गर्नुपर्ने गाउँपालिकाका कार्यकारी सचिव राजेन्द्र आचार्यले बताउनुभयो ।

कार्यक्रममा अर्मनका वडा अध्यक्ष भुपेन्द्र खत्री क्षेत्रीले अर्मनको विकासका लागि सवै पक्षको एकतावद्ध भएर लाग्नुपर्ने बताउनुभयो । वड अध्यक्ष खत्रीको अध्यक्षता पत्रकार निर्माल खत्री र ठाकुरप्रसाद आचार्यको सहजीकरणमा सम्पन्न कार्यक्रमको उद्देश्यमाथि कार्यकारी सचिव आचार्यले प्रकाश पार्नुभएको थियो ।